काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले यस वर्षको २९ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत गराएको छ ।
पुस २० गते शुक्रवार २९ प्रतिशत बोनस शेयरबापतको ३ करोड ३५ लाख ३५ हजार ६१५ दशमलव ५६ कित्ता बोनस शेयर कम्पनीले नेप्सेमा सूचीकृत गराएको हो । उक्त बोनस शेयर कम्पनीले गत असोज २८ गते सम्पन्न २६औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।
बोनससँगै कर प्रयोजनका लागि समेत कम्पनीले शून्य दशमलव १ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सोही सभाले पारित गरेको थियो । साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले असोज १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरेको थियो ।
बुक क्लोजको आधारमा असोज १५ गतेसम्म कायम शेयरधनीहरूले कम्पनीको लाभांश प्राप्त गरेका छन् । दोस्रो बजारमा सूचीकृत भइसकेको कम्पनीको बोनस शेयर आगामी आइतवारदेखि कारोबारमा आउनेछ । आफ्नो हितग्राही खातामा जम्मा भइसकेको अवस्थामा सम्बन्धित शेयरधनीहरूले बोनस शेयर कारोबार गर्न सक्नेछन् ।