स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञालाई शुक्रबारदेखि थप कडा बनाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको थियो । साेही निर्णयअनुसार आजदेखि निषेधाज्ञामा कडाइ गरिएको हो । बिहानैदेखि अत्यावश्यक कामबाहेक हिँडडुल गर्नेहरुलाई हाेल्डमा राखिएको छ भने अनुमति बेगर सवारी चलाउनेहरुमाथि पनि कारवाही शुरु गरिएको छ । काठमाडौं उपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा जारी छ । प