खानाको सम्बन्ध मानिसको शारीरिक र मानसिक स्वास्थ्यसँग जोडिएको छ। स्वास्थ्य अनुकुल भएमात्र सन्तुलित जीवनयात्रा चल्छ। मानिसलाई धेरैजसो रोग खानाकै माध्यमबाट लाग्छ। अनियन्त्रित खानपानका कारण बोसो र मासु वृद्धि भई विभिन्न रोग लाग्छ। क्यान्सर, मधुमेह र उच्च रक्तचापलगायतका रोग अनियन्त्रित खानपानकै परिणाम मानिएका छन्। खानपानका क्रममा सरसफाइको ध्यान नदिएरै पनि कतिपयको ज्यान जान्छ। सनातन धर्ममा अन्न प्राप्त भएको स्रोत, दिने व्यक्ति, भोजन बनेको समय, भोजनको गुण, भोजनको पवित्रता आदि विभिन्न पक्षलाई