मुगुमा अन्न उत्पादानमा कमी

हिमाली जिल्ला मुगुमा यस वर्ष गहुँ र जैको उत्पादन घटेको छ । समयमै वर्षा नभएकाले मुगुमा लगाइने हिउँदे अन्नबालीको यस वर्ष उत्पादन घटेको हो । जिल्लाको कुल ३ लाख २३ हजार ४ सय ५० क्षेत्रफलमध्ये अन्न तथा खेती योग्य १९ हजार ३ सय ४० क्षेत्रफलमा लगाइएको अन्न बाली राम्रो उत्पादन भए स्थानीयले कम्तीमा ६ महिना […]

सम्बन्धित सामग्री

सोमबारको संक्रान्ति र शुक्रबारको अमावश्यको योगले नागरिकमा शान्ति कायम

यो महिना उत्सवीय वातावरण रहनेछ । अन्न, सागसब्जी लगायत दैनिक उपभोग्य वस्तुहरुको मूल्यमा केही कमी महसुस हुनेछ

सोमबारको संक्रान्ति र शुक्रबारको अमावश्यको योगले नागरिकमा शान्ति कायम

यो महिना उत्सवीय वातावरण रहनेछ । अन्न, सागसब्जी लगायत दैनिक उपभोग्य वस्तुहरुको मूल्यमा केही कमी महसुस हुनेछ

म्याग्दीमा फापर र जुनेलो खेती लोप हुँदै

गलेश्वर– म्याग्दीमा परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर, जुनेलो र कोदो खेतीमा कमी आएको छ । कुनै बेला प्रशस्त उत्पादन हुने फापर, जुनेलो र कोदो खेतीमा किसानले रुचि देखाउन छाडेकाले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जुनेलो मुरली मकै देखिने अन्न हो । खासगरी मधुमेहका रोगी र वर्त लिएका मानिसले शुद्ध […]

अनावश्यक ढंगले प्लटिङ गर्दा अन्न उत्पादन घट्यो : अध्यक्ष ओली

अध्यक्ष ओलीले धान खेतीलाई नेपालमा बचाउन जरुरी रहेको भन्दै अहिले धेरै ठाउँमा अनावश्यक ढंगले अव्यवस्थित बस्ती, प्लटिङ सिस्टम र घडेरी बनाउने कुराले अन्नबाली उत्पादन बढाउने कुरामा कमी आइरहेको बताउनुभयो ।

सुदूरपश्चिममा चामल आयातमा कमी आएन

धान, गहुँसहित अन्न उत्पादनको उर्वर भूमि भए पनि सुदूरपश्चिम प्रदेशमा अझैं पनि हरेक वर्ष चामल आयातमा वृद्धि भइरहेको छ । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर उत्पादनको उर्वर भूमि मानिन्छ ।कैलाली भन्सार कार्यालयको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष २०७८/०७९ को जेठ मसान्तसम्म दुई करोड ३५ लाख २९ हजार क्विन्टल चामल आयात भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को जेठ मसान्तसम्म कैलाली भन्सार नाका हुँदै सुदूरपश्चिम प्रदेशमा दुई करोड ७० लाख ५५ हजार चार सय ९९ क्विन्टल चामल आयात भएको थियो ।

अन्न नफल्ने खेतमा नर्सरी व्यवसाय

कञ्चनपुर । ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भन्ने भनाइलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ जुडाका प्रतापसिंह धामीको परिवारले जीवनमा चरितार्थ गरेको छ । अन्न नफल्ने खेतमा नर्सरी व्यवसाय गरेर उनको परिवारले मनग्गे आम्दानी गर्दै आएको छ । नर्सरीमा उत्पादित बिरुवा एकजनाले मात्रै वार्षिक २५ देखि ३० लाख रुपैयाँसम्मको विक्री गर्दै आएका छन् । धामीको परिवारका तीनै जनाले वार्षिक ७५ लाखदेखि १ करोड रुपैयाँसम्मका बिरुवा विक्री गर्दै आएका छन् । कोरोनाको महामारी फैलिएपछि विक्रीमा केही कमी आएको छ । हाल १० लाखदेखि १५ लाख रुपैयाँसम्मका बिरुवामात्रै विक्री हुने गरेका छन् । धामी परिवारले उत्पादन गरेका बिरुवा सुदूरपश्चिमबाट कर्णाली प्रदेशसम्म विक्री हुने गरेको थियो । कोरोना महामारी फैलिएपछि हाल उत्पादित बिरुवा सुदूरपश्चिम प्रदेशका ९ ओटा जिल्लामा मात्रै आपूर्ति हुने गरेको छ ।     धामी परिवारको नर्सरीमा घर सजावटका बिरुवा, घाँस प्रजातिका बिरुवा, काष्ठ प्रजातिका बिरुवा, विभिन्न प्रजातिका बाँसका बिरुवा, फलफूलका बिरुवा पाइने गरेका छन् । बिरुवा उत्पादनका लागि बीउ तयार गर्नेदेखि बिरुवा उत्पादन र कलमी गर्नेलगायतका काम धामी परिवारले नर्सरीमै गर्ने गरेका छन् । धामी परिवारले सञ्चालन गरेका तीनओटै नर्सरीमा १२ जनाले रोजगारीसमेत पाएका छन् । २०४६ सालमा भारतले गरेको नाकाबन्दीका बेला भारतीय निकटवर्ती बजार वनवासाबाट घरमै रोप्न फलफूलका बिरुवा ल्याउँदै गर्दा धामी दाजुभाइलाई भारतीय सुरक्षाकर्मीले बिरुवा ल्याउन दिएनन् । कर्णालीमा पुल नहुँदा नेपालमै उत्पादित बिरुवा ल्याउन सकिने अवस्था थिएन । भारतले सीमा क्षेत्रमा नाकाबन्दी गरेकाले बिरुवा ल्याउन दिएन । तीनै जनाले व्यवसाय दर्ता गरेर आँप, लिची, केरा, एभोकाडो, नरिवल, सुपारी, सपोटा, ल्वाङ, कालीमिर्च, कागती, सुन्तला, अम्बा, कटहर, नासपाती, अनार अमिलोलगायतका फलफूल प्रजातिका बिरुवा उत्पादन गर्दै आएका छन् । आँप मात्रै १४ र लिची पाँच प्रजातिका रहेका छन् । घाँस प्रजातिमा सुपर नेपियर, स्मार्ट नेपियर, बकाइनो, टाँकी, वडहर, भिमल, इपिलइपिल, बडहर, किमु र काठ प्रजातिमा सात प्रजातिका बाँस सिसौ, सिमल, जामुन, टिक, पलोनिया, अगरउड, मलेशियन साल, महागुणी, रुद्राक्ष, रक्तचन्दनलगायका बिरुवा उत्पादन हुँदै आएका छन् ।   घर सजावटका बिरुवामा अशोक, बोटलपान, समी, धुपी चाइनापान, इरकापान, एरोकेरिया, पनिस पान, साइकस, निलोना, गुडल, चाँदनी, हेपिकस, हेमेलिया, असारे, लालुपाते गुलाव लगायतका बिरुवाको उत्पादन नर्सरीमा हुदै आएको छ । कुनै पनि ठाउँमा नपाईएका बिरुवा धामी परिवारले सञ्चालन गरेको नर्सरीमा पाईने गरेको छ । नर्सरी व्यवसायका लागि उनीहरूले १० लाखदेखि २५ लाख रुपैयाँसम्म लगानी गरेका छन् । रासस

खाद्यान्न र स्वास्थ्य सामग्री पाउँदा दलित बस्ती खुसी

मुगु जिल्लाको अति अन्न उत्पादनका कमी हुर्ने सोरु गाउँपालिकाका एक दलित बस्तीमा बस्र्ते स्थानीयवासीले खाद्यान्न र स्वास्थ्य सामग्री पाएपछि निकै खुसी भएका छन् ।सोरु गाँउपालिका–४ रावल वाडामा रहेका ५० घर धुरीका स्थानीय वासीहरूलाई यो वर्षको महामारी कोरोना भाइरस कोभिड–१९ को लामो लकडाउन बन्दा बन्दीको कारण चपेटा परेका दलित बस्तीमा स्टोरजि अफ नेपाल समुदाय काठमाडौंको ३ […]

खडेरीका कारण गहुँ उत्पादनमा कमी

बझाङ ।  लामो समयदेखिको खडेरीका कारण जिल्लाका विभिन्न ठाउँमा लगाइएको हिँउदे बालीको उत्पादनमा कमी आएको छ । जिल्लाको सेती, कालंगा, बहुलीगाड, सुनिगाडलगायतका नदी र खोलाको तटमा रहेका र सिँचाइ सुविधा भएका सीमित क्षेत्रमा अकासे पानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादनमा कमी आएको छ । लामो समयसम्म परेको खडेरीका कारण गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत हिउँदे बालीको उत्पादनमा कमी आउँदा जिल्लामा खाद्य संकट हुने देखिएको छ ।       यो वर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदे बाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको जयपृथ्वी नगरपालिका¬ १ का किसान अमृत शाहीले बताए । ‘हिँउदभरि पानी नपर्दा लगाएको बाली सुक्यो । सिँचाइ हुने ठाउँमा अलिअलि उम्रेको थियो । त्यो पनि असिनाले चुटेर सखापै बनायो । एकातिर खडेरीले सुकायो, अर्कातिर असिनाले नष्ट भयो’’, उनले भने ।      यस वर्ष आउन सक्ने खाद्य संकटबाट भोकमरी हुन नदिन खडेरीपीडित किसानलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने सुदूरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजक बलबहादुर रोकायाले बताए । प्रदेश र स्थानीय सरकारले प्रभावित परिवारका लागि तत्काल राहतस्वरूप खाद्यान्न वितरण गर्नुपर्ने र बर्खे बालीका लागि बिउ तथा मल निःशुल्क उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।      अकासे पानीको भरमा खेती हुने क्षेत्रमा ९० प्रतिशत उत्पादन घटेको किसानहरु बताउँछन् । खडेरीका कारण जिल्लाभरि १५ हजार बढी हेक्टरमा गहुँ, जौ, केराउ, मसुरोलगायतका हिँउदे बाली लगाइएकामा ६ हजार २०० हेक्टरमा उत्पादन शून्य रहेको र असिनाले ९ हजार ३३६ मेट्रिक टन हिउँदे बाली पूर्ण रूपमा नष्ट भएको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले जानकारी दिए ।      जिल्लामा कुल खेतीयोग्य जमिनको ३५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा छ । सिँचाइ नभएको ठाउँमा लगाएको बाली सुकेर पूरै नष्ट भएको छ । जिल्लामा वार्षिक सरदर ३२ हजार मेट्रिक टन अन्न उत्पादन हुने गरेको छ । यहाँको जनसंख्याको अनुपातमा सात हजार मेट्रिक टन अपुग हुने गर्दछ । खडेरीका कारण जिल्लाको कुल जनसंख्याको ४५ प्रतिशत जनसंख्या भोकमरीको चपेटामा पर्ने देखिन्छ भने १४ हजार घरधुरीलाई खाद्य संकट हुने विष्टले बताए । यसपालि खडेरीले उत्पादनमा कमी आउँदा १३ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने केन्द्रले जनाएको छ । रासस

लोप हुँदै फापर, जुनेलो

उदयपुर / परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर र जुनेलो खेतीमा कमी आएको छ । प्रदेश नं १ को उदयपुरमा कुनै बेला प्रशस्त उत्पादन हुने फापर र जुनेलो खेतीमा किसानले रुचि देखाउन छाडेका छन् । कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार जुनेलोलाई मुरली मकैजस्तै अन्न मानिन्छ । त्यस्तै तीन कुने वा तीन धारे परेको, कालो बोक्रा... The post लोप हुँदै फापर, जुनेलो appeared first on Purbeli News.

धान उत्पादनमा कमी आउने

सुदूरपश्चिम प्रदेशको अन्न भण्डार मानिने कैलाली र कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा कमी आउने भएको छ । सिँचाइको अभाव, समयमा आकाशे पानी नपर्नुका साथै रोपाइँमा भएको ढिलाइलगायतका कारणले कैलाली र कञ्चनपुरमा धान उत्पादन २५ प्रतिशतले घट्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र भीमदत्तनगर निमित्त प्रमुख रामचन्द्र भट्टले यस वर्ष कञ्चनपुरमा ४८ हजार ८९६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको बताए । उनले यहाँ किसानले लगाएको गरिमा जातको धान नफलेकाले पनि उत्पादन घट्ने बताए ।