काठमाण्डौ – काठमाण्डौ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरूपण गर्न उनको जन्ममितिकाे कागजात अस्पतालबाट झिकाउन आदेश दिएको छ । आज मङ्गलवार काठमाण्डौ जिल्ला अदालतले लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरूपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको हो । अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अस्पतालबाट जन्म दर्ताको कागजात झिकाउने आदेश दिएको सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिनुभयो । न्युज एजेन्सी नेपालसँगको कुराका...