जाहेरी दर्तासँगै प्रहरीले थाल्यो पल शाहमाथि अनुसन्धान

प्रहरीले बलात्कारविरुद्धको जाहेरी दर्ता भएसँगै अभिनेता पल शाहमाथि अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी युवराज खड्काले शाहविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गर्दै आवश्यक अनुसन्धान थालिएको रातोपाटीलाई बताए । ‘जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेका छौँ’, उनको भनाइ छ । १७ वर्षीया गायिकाले शाहले आफूमाथि बलात्कार गरेको दाबीसहित बुधबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी थिइन् । करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता भएसँगै १७ वर्षीया गाय