कैलाली २ बाट एमालेका झपट रावल विजयी

कैलाली क्षेत्र नम्बर २ बाट नेकपा एमालेका झपटबहादुर रावल निर्वाचित भएका छन्। रावलले प्रतिस्पर्धी उम्मेदवार कांग्रेसका मोहनसिंह राठौंरलाई १८ सय ४४ मतको अन्तरले हराएका हुन्। हालै सार्वजनिक भएको अन्तिम मत परिणाममा रावलले २५,१५७ मत पाए भने नेपाली कांग्रेसका राठौरले २३,३१३ मत पाए। यो सँगै एमालेले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ८० सिट जितेको छ।

सम्बन्धित सामग्री

कैलाली २ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी अग्रस्थानमा

यस्तै नेकपा माओवादीका भगत बडुवाल १०६० मतसहित दोस्रो तथा एमालेका झपट रावल ८०९ सहित तेस्रो स्थानमा छन्।...

कैलाली–२ : एमालेलाई छैन सजिलो

७ कात्तिक, धनगढी । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई प्रतिनिधि सभाको टिकट दिएन । माधवकुमार नेपाल समूहले गरेको अन्तरसंघर्षमा साथ दिएका र वाम गठबन्धनको पक्षमा मत राख्ने अरुले पनि एमालेबाट टिकट पाएनन् । झपट रावल भने अपवादमा परे । एमालेले उनलाई कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । सहजै टिकट पाए […]

कैलाली–२ मा त्रिपक्षीय प्रतिस्पर्धा

कैलाली–२ मा प्रतिनिधिसभा निर्वाचन तर्फ त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ। मुख्यगरी गठबन्धनका भगत बडुवाल, नेकपा एमालेका झपट रावल र नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीबीच प्रतिस्पर्धा देखिएको छ।...

चुनावको मुखमा दल बदलेका राठौर कैलाली–२ बाट पराजित, रावल बने सांसद्

२७ मंसिर, धनगढी । कैलाली–२ बाट एमालेका झपट रावल विजयी भएका छन् । वाम गठबन्धनका साझा उम्मेदवार रावलले कांग्रेस उम्मेदवारलाई पराजित गर्दै जित निकालेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार, रावल २५ हजार १ सय २७ मत ल्याएर निर्वाचित भएका हुन् । रावलका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोहनसिंह राठौर …