काठमाडौं । भारत अर्थात् विश्वको सबैभन्दा ठूलो उत्पादक देश । तर त्यहाँ अनेक कारणले गर्दा अहिले घरेलू Milk Production (दूध उत्पादन) प्रभावित भएको छ ।
यस्तोमा भारतले दूधजन्य सामाग्रीको आयात बढाउन सक्ने देखिएको छ । भारतमा यो वर्ष दूधको खपत १० प्रतिशतले बढेको छ ।
तर दूधको उत्पादनमा भने खासै वृद्धि देखिएको छैन । उल्टै घटेको छ भन्दा पनि हुन्छ । देशभरमा केही दूधजन्य वस्तुको चरम अभाव देखिएको छ । सञ्चार माध्यमहरुमा छापिएका समाचारका अनुसार भारतले अस्थायी रुपमा मात्रै भएपनि बटर, घ्यूलगायत दूग्धजन्य वस्तुको आयातलाई अनुमति दिनेबारे विचार गरिरहेको छ ।
सरकारले समर्थन गरेको राष्ट्रिय डेरी विकास समितिका अधिकारीहरुको नाम उद्धृत नगरीकन समाचार छापिएका छन् । हालैका महीनामा दिल्ली र यसको छिमेकतिर Butter को चरम अभाव देखिएको छ । केरला, तमिल नाडु, कर्णाटकले पनि दूधको चरम अभावको सामना गरिरहेका छन् ।
डेरी उद्योगका विज्ञहरुका अनुसार अवस्था झन झन खराब बन्दै गइरहेको छ । यस्तोमा आयातलाई अनुमति दिनुको विकल्प नभएको जानकारहरुले बताइरहेका छन् । तर सरकारी अधिकारीहरु भने अहिले अस्थायी रुपमा समेत आयात अनुमति दिन मानिरहेका छैनन् ।
जनवरीमा भारतको दूध र क्रिमको आयात एक वर्ष अघिको तुलनामा १ हजार २४ प्रतिशतले बढेको थियो । डेरी प्रडक्ट विशेषगरी फ्याट, बटर र घ्यू आदिको सञ्चिति अघिल्लो वर्षको भन्दा निकै कम छ । यो समस्या समाधान गर्न आयात एउटा उपाय भएको विज्ञहरुले बताइरहेका छन् ।
तर देशभरको अवस्था हेरेर मात्रै दूग्धजन्य वस्तुको आयातबारे सोच्ने सरकारी अधिकारीहरुको भनाइ छ । तर आयात पनि त्यति सजिलो भने छैन । यसबारे राजनीतिक खिचातानी हुने निश्चित छ ।
भारतमा किन अभाव भयो दूग्धजन्य सामान ?
देशभरमा दूधको भाउ एक दशककै उच्च स्तरमा उक्लिएकै समयमा भारतमा डेरीजन्य उत्पादनको अभाव देखिएको छ । गएको वर्ष भारतमा दूधको मूल्य साढे ६ प्रतिशतले बढेको थियो । देशको सबैभन्दा ठूलो दूग्ध ब्रान्ड आमुलले पनि दूधको मूल्य १५ प्रतिशतले बढाएको थियो ।
ठूलो संख्यामा गाईवस्तुमा छालामा डल्लो डल्लो आउने एक प्रकारको प्राणघातक रोग (deadly Lumpy Skin Disease) देखिँदा दूधको आपूर्ति प्रभावित बनेको छ । सन् २०१९ को सेप्टेम्बरमा ओडिशामा पहिलो पटक गाईमा सो रोग देखिएको थियो । गएको ८ महीनामा देशभरमा यही रोगका कारण १ लाख ८० हजार भन्दा धेरै गाईहरु मरेका छन् ।
चर्को गर्मीका कारण गहुँको उत्पादन कम हुँदा गाई वस्तुको दानाका लागि पर्याप्त अन्न आपूर्ति हुन सकेन । गाईलाई दिइने दानाको अभावका कारण समस्या झनै थपियो । कोरोना भाइरसको महामारीको प्रभावबाट दूध उत्पादन सुस्त रुपमा पुनःबहाल हुनलाई पनि यसको अर्को कारण मानिएको छ ।
सन् २०२० मा कोभिड नियन्त्रण गर्न लकडाउन गरिँदा देशभरमा दूध्को माग सुकेको थियो । यति बेला दूध, चिज, बटर, धुलो दूधको मूल्य ध्वस्तै भयो । यस्तोमा गाई पालक किशानहरुले पनि गाई वस्तुको संख्या सीमित पारे ।
सन् २०२१–२२ मा भारतको दूध उत्पादन २२ करोड १० लाख टन रहेको थियो । अघिल्लो वर्ष यो २० लाख ८० लाख टन थियो । सोही अवधिमा घरेलु स्तरमा दूधको माग भने ८ देखि १० प्रतिशतले बढेको थियो । हालैका महीनामा विश्व बजारमा पनि दूध र दूधजन्य वस्तुको भाउ बढेकोले अहिले आयात भारतको लागि लाभकारी नहुने विश्लेषणहरु पनि आइरहेका छन् ।
विश्व बजारमा मूल्य उच्च भएको समयमा भारतले आयात गर्दा आयातित महँगी झनै बढ्नेछ । भारतले पछिल्लो पटक सन् २०११ मा मात्रै केही दूधजन्य वस्तुकोे आयात गरेको थियो । यस पटक आयात गर्यो भने यसले दूधमा आत्मनिर्भरतामाथि ठेस लाग्नेछ ।
नेपालबाट निर्यात सम्भावना छ ?
नेपालले अहिले विभिन्न देशमा छुर्पी निर्यात गरिरहेको छ । अमेरिका अष्ट्रेलिया लगायतका देशमा छुर्पी निर्यात गर्न ठूलो मात्रामा दूध खपत हुँदै आएको छ । छुर्पी नबनाउने हो भने दुग्ध जन्य अरु वस्तु निर्यातको सम्भावना छ । तर, भारतीय बजारमा सस्तो मूल्यमा प्रतिस्पर्धा गरेर दुग्ध जन्य वस्तु निर्यात गर्न भने त्यति सहज नभएको जानकारहरु बताउँछन् ।
एजेन्सीहरु