९ पुस, काठमाडौं । नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलमध्ये त्रिभुवन विमानस्थलपछि पोखराबाट बढी अन्तर्राष्ट्रिय व्यापार भएको देखिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्षको पहिलो ५ महिनामा २७ करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान छैन । तर, यहाँ पर्यटन प्रयोजनका लागि बेला बेला चार्टर्ड उडानहरु भइरहेका छन् […]