रुपन्देही । बुटवल उपमहानगरपालिकाको विकासका लागि सात संकल्पसहित एमालेका उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । आर्थिक केन्द्र, ऐतिहासिक र पुरातात्विक सहर, बसाइसराई व्यवस्थापनका लागि आधुनिक बस्ती, अव्यवस्थित बसोबास व्यवस्थापन, पर्यटकीय चहलपहल निर्माण लगायतका योजनालाई एमालेले चुनावी एजेण्डा बनाएको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि अहिलेको नेतृत्वले सुरु गरेका महत्वपूर्ण आयोजनालाई निरन्तरता दिँदै […]