मुगुका राजनीतिक दलका उम्मेदवारहरूलाई यतिबेला मतदातासँग भोट माग्न भ्याइनभ्याइ छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै सत्ता गठबन्धन कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवाजदी र प्रतिपक्षी दल नेकपा एमालेका संघ र प्रदेशका उम्मेदवारसहित नेता तथा कार्यकर्ताहरू चुनावी एजेण्डा लिएर दुर्गम बस्तीमा पुगेका छन् ।