सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बुधबार फरक दृश्य देखिन्थ्यो। ब्यानर बोकेर कांग्रेस नेता नै धर्ना बसेका थिए। सबैको एउटै स्वर थियो, ‘हामी पार्टीभित्र न्याय मागिरहेका छौं। अन्याय सहँदैनौं भनेर विरोध स्वरूप धर्नामा बसेका हौं।’ उनीहरू धर्नामा बस्नको कारण थियो– आसन्न निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा एकलौटी तरिकाले नाम बुझाउनु। अनि, धर्नामा बस्ने थिए संस्थापन इतर समूहका नेता। पछिल्लो समय समानुपातिक उम्मेवारको विषयलाई लिएर सुरु भएको कांग्रेसभित्रको कचिंगल धर्नासम्म