गाेरखा – तत्कालीन नेकपा माओवादीले चलाएको १० वर्षे सशस्त्र द्वन्द्वमा मारिएका एक नेताको २० वर्षपछि काजकिरिया गरिएको छ । गोरखाको साविक ताक्लुङ गाविस चालिसे घर भएका श्रीराम खनाल 'सन्देश' को २० वर्षपछि आज मङ्गलवार काजकिरिया गरिएको हो । अहिले चितवनमा बसोबास गर्ने खनालका परिवारले हिन्दू संस्कार अनुसार दाहसंस्कारको प्रक्रिया पूरा गरी काजकिरिया सुरु गरेको हो । ‘देवघाटमा मृतकको स्वरूप बनाएर दाह संस्कार गरिएको छ, माइलो दाइ ईश्वरीप्रसाद खनाल १३ दिनको काजकिरियामा बस्नुभएको छ, हिन्दू संस्कार अनुसारको सबै क...