झापा : मेचीनगर नगरपालिका–७ की सीता खड्काले सम्बन्धविच्छेद भइसकेका पतिको मृत्यु संस्कार (काजकिरिया) गरेर पतिपत्नीको सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश दिएकी छिन्।सीताका पूर्वपति भानुभक्त बस्नेतको ४८ वर्षको उमेरमा वैदेशिक रोजगारीको क्रममा संयुक्त अरब इमिरेट्सको दुबईमा गत असोज ८ गते मृत्यु भएको थियो । गत असोज २९ गते बस्नेतको शव मेचीनगर–१४ दुहागढीस्थित साहिँला भाइको घरमा आइपुगेको थियो । सोही दिन कनकाई आर्यघाटमा उनको दाहसंस्कार भयो।पूर्वपतिलाई अन्तिम श्रद्धाञ्जली दिन र सीता छो