द्वन्द्वको घाउ : बाटो हेर्दाहेर्दै बित्यो १९ वर्ष, नफर्किएपछि गरियो काजकिरिया

मोरङको कानेपोखरीका रामबहादुर धिमाल छोरो सुनिल घर फर्केर आउने आशामा बसेको १९ वर्ष भयो । अब भने छोरा फर्केर आउने आशा उनले मारिसकेका छन् । सशस्त्र द्वन्द्वका क्रममा कानेपोखरी गाउँपालिका–४ का सुनिललाई राज्यपक्षद्वारा बेपत्ता बनाइएको थियो । सेनाबाट बेपत्ता बनाइएका १९ वर्षपछि परिवारले सुनिल जीवित नरहेको ठानेर काजकिरिया गरेको हो । ‘छोरो घर फर्केला भनेर यतिका वर्ष बाटो कुरेर बस्यौं,’ रामबहादुरले भने, ‘कुनै दिन टुप्लुक्क आइपुग्छ कि भन्ने आशामा १९ वर्ष बितायौं, अब भने सुनिल आउने आश