ओखलढुंगा : ओखलढुंगाको चम्पादेवी गाउँपालिका–का दुई तामाङ दाजुभाइ बाबुको काजकिरिया गर्नबाट बञ्चित भएका छन्।'जात नमिल्ने' केटी विवाह गरेको भन्दै चम्पादेवी गाउँपालिका-३ ताप्केडाँडाका मित्रबहादुर तामाङको अन्येष्टि र काजकिरियामा दुई छोरालाई सहभागी हुनबाट बञ्चित गराइएको हो। गत जेठ २९ मा घरमै निधन भएका ७० वर्षीय तामाङका चार भाइ छोरामध्ये माइला शंकर तामाङ र कान्छा प्रदीप तामाङले अन्तर्जातीय विवाह गरेका छन्। यही कारण देखाएर बुवाको अन्त्येष्टि र काजकिरियामा सहभागी हुन