जनकपुरधाम : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, धनुषाले जनकपुरधाममा सरकारी गाडीको दुरुपयोग रोक्न अभियान थालेको छ।युवा संघले शनिबार बिदाको दिन जनकपुरधामबाट ११ वटा सरकारी नम्बर प्लेटका गाडी नियन्त्रणमा लिएको हो। जसमा दुई चार पाङ्ग्रे र ९ वटा मोटरसाइकल रहेका छन्।बिदाका दिन सरकारी गाडी गुडाउन जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिनुपर्छ । तर अनुमति बेगर सरकारी गाडी चलाउने प्रवृत्ति बढेपछि युवा संघका कार्यकर्ता त्यसलाई रोक्न सडकमा उत्रेका हुन्।संघका मधेस प्रदेश अध्यक्ष लव अधिकारीले दुरुपयोग