युवा संघ नेपालको विरोध प्रदर्शन

राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएकाहरूलाई सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।शनिबार काठमाडौंको माइतीघर मण्डलामा नेकपा एमाले माधवकुमार नेपाल समूह निकट युवा संघ नेपालका नेताहरूले विरोध प्रदर्शन गरेका हुन ।राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतल निवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएकाहरूलाई विभिन्न मानपदवी, अलङ्कार र […]

सम्बन्धित सामग्री

अर्थमन्त्रीको राजीनामा माग्दै युवा संघको विरोध प्रदर्शन

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै युवा संघ नेपालले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा मन्त्रालयमै बिचौलिया प्रवेश गराएको र पछि सीसीटीभी फुटेज पनि मेटाएको आरोप लगाउँदै युवासंघले काठमाडौँका सिंहदरबारमा नजिक हनुमानस्थानमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले अर्थमन्त्रीले व्यापारी व्यवसायीलाई पोस्ने काम गरेको भन्दै राजीनामा दिनुपर्ने माग गरेका […]

मूल्यवृद्धिविरुद्ध बेंसीशहरमा विरोध प्रदर्शन

लमजुङ-  लमजुङको सदरमुकाम बेंसीशहरमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल लमजुङ र अनेरास्ववियु लमजुङले संयुक्त कार्यक्रमको आयोजना गरी मूल्यवृद्धिको विरोध गरेको हो । नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं अनेरास्ववियुका केन्द्रीय सचिव जुन तामाङले सरकारले अस्वाभाविक रूपमा पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै विरोध प्रदर्शन […]

रासायनिक मल माग्दै युवा संघ हलो लिएर प्रदर्शनमा

७ असार,  दाङ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले रासायनिक मलको अभाव र पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ । राष्ट्रिय युवा संघ घोराही उपमहानगरपालिका कमिटीले हलो र जुवाको प्रदर्शन गर्दै रासायनिक मल अभावको विरुद्धमा घोराहीमा विरोध प्रदर्शन गरेको हो । विरोधसभामा नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकीले किसानलाई समयमै मल उपलब्ध […]

पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा प्रदर्शन, तस्बिरहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा अनेरास्ववियु र युवा संघ नेपालले मंगलबार विरोध प्रदर्शन गरेको छ । राजधानीमा आयोजित प्रदर्शनमा उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । प्लेकार्डसहित विरोधमा उत्रिएका उनीहरूको प्रहरीसँग केही बेर घम्साघम्सीसमेत परेको थियो ।

मन्त्रीहरुको फोटो अंकित प्लेकार्ड बोकेर युवासंघको विरोध प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ५ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मूल्यवृद्धि, भ्रष्टाचारलगायतको विरोधमा प्रदर्शनमा उत्रिएको छ । प्रदर्शनको क्रममा युवासंघले सभामुख अग्नीप्रसाद सापकोटा र मन्त्रीहरु विरोध खतिवडा, प्रेम आलेको समेत आलोचना गरेका थिए । युवासंघका कार्यकर्ताहरु नयाँ बानेश्वरमा भेला भई विभिन्न नारा अंकित ब्यानरसहित विभिन्न स्थानमा प्रदर्शन गरेका थिए […]

सडकमा संसद् : तस्बिरमा हेर्नुहाेस् युवा संघको प्रदर्शन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट युवा संघ नेपालले सडकमा नमुना संसद् बनाएर विरोध प्रदर्शन गरेको छ । युवा संघले मंगलबार बानेश्वरको सडकमा ‘सडक संसद्’ बनाएर प्रतिनिधिसभाको बैठक जस्तै अवरोध गरेर अनौठो शैलीमा विरोध प्रदर्शन गरेको हो । नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदबारे सूचना नटाँसेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको विरोधमा युवा संघले विरोध जनाएको छ । राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले देउवा नेतृत्वको पाँच दलीय गठबन्धन गरेकाले गरेका राष्ट्रघाती कदमको विरोधमा संघ

एमाले निकट युवा संघले सत्ता गठबन्धन र सभामुखविरुद्ध विरोध प्रदर्शन गर्दै

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले मंगलवार नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्ने भएको छ ।  गठबन्धनले देशविरोधी षड्यन्त्र गरेको र सभामुखको असंवैधानिक कदम भन्दै विरोध प्रदर्शन गर्ने भएको हो ।  विरोध प्रदर्शन दिउँसो २ बजे हुने युवा संघ अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

तस्बिरमा युवा संघको बृहत विरोध प्रदर्शन

राष्ट्रिय युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा ुबृहत् युवा–महिला विरोध प्रदर्शनु गरेको छ। स्थानीय तह निर्वाचनको स्वीकार्यता, मन्त्री रेणुकुमारी यादवको बर्खास्ती, मूल्यवृद्धि खारेज, नेपाली भूमि फिर्ता, खोप चोरी प्रकरणमा संलग्न मन्त्रीलाई...

युवा संघ नेपालद्वाराअध्यादेशको विरोध, प्रहरीसँग बानेश्वरमा झडप (फोटोफिचर)

काठमाडौँ- सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको भन्दै एमाले निकट युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । मंगलबार साँझ युवा संघले नयाँ बानेश्वरमा एमाले फुटाउनकै लागि दल विभाज सम्बन्धी अध्यादेश ल्याएको भन्दै विरोध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । हस्तक्षेका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । […]

सर्वोच्चको फैसलाविरुद्ध रूपन्देहीमा युवा संघले गर्‍यो प्रदर्शन

सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले विरोध प्रदर्शन गरेको छ ।