रुसले गरेको बम आक्रमणमा युक्रेनी अभिनेता लीको मृत्यु

२५ फागुन, काठमाडौं । रुसले गरेको बम आक्रमणमा युक्रेनका चर्चित अभिनेता तथा टीभी प्रस्तोता पासा लीको मृत्यु भएको छ । बीबीसीका अनुसार राजधानी किभ नजिकैको युक्रेनी सहर इरपिनमा भएको घटनामा लीको मृत्यु भएको हो । ३३ वर्षीय लीले रुसी आक्रमणको पहिलो दिन युक्रेनको प्रतिरक्षा गर्ने दस्तामा भाग लिएका थिए । इरपिन सहरका बासिन्दाका अनुसार अभिनेता […]

सम्बन्धित सामग्री

युक्रेनको विद्यालयमा रुसले बम खसाल्दा ६० जनाको मृत्यु भएको आशंका

काठमाडौं– पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रमा रहेको एक विद्यालयलाई निशाना बनाइ रुसी फौजले आक्रमण गर्दा कम्तीमा ६० जनाको मृत्यु भएको आशंका गरिएको छ । लुहान्स्क क्षेत्रका गभर्नर शेरी हाइदाइले जनाएअनुसार विद्यालयमा रुसी फौजले बम खसाल्दा विद्यालय भवन ध्वस्त भएको छ । हाल विद्यालयको भग्नावशेषमा दुई जनाको शव फेला परेको र उद्धारको कार्यलाई तीव्रता दिइएको बताइएको छ । […]

रुसकाे आक्रमणमा परी पाँच युक्रेनीकाे मृत्यु, १३ घाइते

काठमाडौं । रुसकाे आक्रमणमा परी पाँच युक्रेनीकाे नागरिककाे मृत्यु भएकाे छ । साथै १३ जना घाइते भएका छन । रुसले युक्रेनका विभिन्न शहरमा बम तथा रकेट आक्रमणलाई तीब्र पारेको छ । खार्किभ शहरमा गरिएको पछिल्लो आक्रमणमा ५ जना युक्रेनी नागरिकको मृत्यु समेत भएको छ । जसमा १३ जना घाइते भएका छन् । रुसी सेनाले खार्किभ […]

रूसको बम हमलामा परि युक्रेनकी चर्चित अभिनेत्रीको मृत्यु

कीभको एक आवासीय भवनमा रुसले गरेको बम हमलामा परि युक्रेनकी चर्चित अभिनेत्री ओक्साना श्वेट्सको मृत्यु भएको छ । यंग थिएटरले उनको मृत्यु भएको जानकारी दिएको हो । उनी ६७ वर्षकी थिइन् । युक्रेनको राजधानीबाट प्रकाशित अङ्ग्रेजी भाषाको दैनिक कीभ पोष्टकोमा यो खबर छापिएको छ । कीभ पोष्टका अनुसार श्वेट्सले दशकौंदेखि थिएटर र फिल्ममा काम गरेकाले […]

युक्रेनस्थित सर्वसाधारण नागरिकले आश्रय लिएको भवनमा रुसी बम आक्रमण

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले नियतवश मारिओपोलमा सयौँ मानिसले आश्रय लिएर बसेको एउटा नाटकघरमा बम आक्रमण गरेको आरोप लगाएका छन् । रुसी विमानहरूलाई जनाउ दिन उक्त नाटकघरको बाहिर चौरमा ठूलो अक्षरमा “बालबालिका” लेखिएको थियो । त्यहाँ कति जनाको मृत्यु भयो भन्ने आधिकारिक जानकारी आएको छैन । रुसले गैरसैनिक मानिसहरूलाई निसाना नबनाइएको दाबी गरेको […]

अस्पतालमा गोलाबारीः रुसी बमको शिकार बनिन् गर्भवती

रुसले युक्रेनको मारिपोलमा रहेको बाल तथा प्रसूति अस्पतालमा गरेको बम आक्रमणका कारण गम्भीर समस्यामा आएकी गर्भवती महिला र उनले जन्माएको सन्तानको मृत्यु भएको छ। समाचार संस्था एपीका अनुसार गएको बुधबार रुसले मारिपोलको अस्पतालमा आक्रमण गर्दा घाइते भएकी गर्भवती महिलालाई तत्कालै उद्धार गरी नजिकैको अर्को अस्पतालमा लगिएको थियो। तर चिकित्सकहरुको प्रयासका बाबजुद आमा र शिशुको ज्यान […]

निशानामा राजधानी किएभ: आवासीय भवनमा रुसी गोलाबारी, दुईजनाको मृत्यु

युक्रेनको राजधानी किएभमा सोमबार बिहान रुसले गरेको गोलाबारीमा परी दुईजनाको मृत्यु भएको छ। युक्रेनको आपतकालीन सेवाका अनुसार रुसले स्थानीय समयअनुसार सोमबार बिहानै उत्तर–पश्चिम किएभमा रहेको आवासीय भवनलाई निशाना बनाएर गोलाबारी गरेको हो। आपतकालीन सेवाले जारी गरेको वक्तव्यमा रुसले नौतले आवासीय भवनमा बम खसाल्दा दुईजनाको ज्यान गएको र अरु तीनजना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको उल्लेख […]

रुसले भन्यो - यूक्रेनी अस्पतालमा आक्रमण गरेको छैन

रुसले यूक्रेनको अस्पतालमा आक्रमण नगरेको दावी गरेको छ । शुक्रबार रूसले यूक्रेनी अस्पतालमा आफूले आक्रमण नगरेको दाबी गरेको हो । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूमा रूसी सेनाले यूक्रेनका सबै विद्यालय, अस्पताल र घनाबस्तीका शहरलाई आक्रमणको निशाना बनाएर भग्नावशेषमा परिणत गरिदिएको भन्ने समाचारहरू आइरहेका समय यूक्रेनी अस्पतालमा रुसले कुनै आक्रमण नगरेको बताएको हो । यूक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीले पनि बुधबार अस्पतालमा भएको बम विष्फोटमा एक बालकसहित तीन जनाको मृत्यु भएको बताएका थिए । त्यसला

बाल अस्पतालमा रुसले गरेको बम आक्रमणबाट तीन जनाको मृत्यु,राष्ट्रसङ्घद्वारा निन्दा

दक्षिणी युक्रेनको मारिउपोलमा रहेको बाल अस्पतालमा बुधबार भएको आक्रमणमा एक बालिका सहित  तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन्। ‘युक्रेनको घेराबन्दीमा रहेको मारियुपोलमा रहेको बाल तथा प्रसूति अस्पतालमा हिजो भएको आक्रमणमा एक बालिका सहित तीन जनाको मृत्यु भएको’नगर परिषद्ले उल्लेख गरेको छ। उक्त हवाई आक्रमणमा परि १७ जना घाइते भएको बताईएको छ […]

युक्रेनकाे आवासीय क्षेत्रमा रुसी बम विस्फोटः ३ बालबालिकासहित २२ जनाको मृत्यु

रुसले गरेको हवाई आक्रमणमा परी युक्रेनको सुमी सहरमा २२ जना सर्वसाधारणको मृत्यु भएको छ। सुमी क्षेत्रका गभर्नर डिमित्रो जिवित्स्कीले सोमबार रुसले गरेको हवाई आक्रमणमा ३ बालबालिकासहित २२ जनाको मृत्यु भएको बीबीसीलाई बताएका हुन्। रुसी आक्रमणकारी सहरको उत्तर–पूर्वी आवासीय क्षेत्रमा बम खसालेर आम हत्या गरेको गभर्नर जिवित्स्कीले आरोप लगाएका छन्। उनले भनेका छन्, ‘उनीहरुले रातको समयमा […]

रुसको आक्रमणबाट युक्रेनमा १३७ जनाको मृत्यु

काठमाडौँ : रुसी सेनाको आक्रमणबाट युक्रेनमा १ सय ३७ जनाको मृत्यु भएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीले रुसले प्रहार गरेको बम, मिसाइल लगायत विष्फोट पदार्थको आक्रमणमा परेका युक्रेनका १ सय ३७ जनाको मृत्यु भएको हो । आक्रमणमा परेर ज्यान गुमाउनेमा सैनिक धेरै छन् । केही सर्वसाधारणको पनि मृत्यु भएको बिबिसीले जनाएको छ । रुसले […]