निशानामा राजधानी किएभ: आवासीय भवनमा रुसी गोलाबारी, दुईजनाको मृत्यु

युक्रेनको राजधानी किएभमा सोमबार बिहान रुसले गरेको गोलाबारीमा परी दुईजनाको मृत्यु भएको छ। युक्रेनको आपतकालीन सेवाका अनुसार रुसले स्थानीय समयअनुसार सोमबार बिहानै उत्तर–पश्चिम किएभमा रहेको आवासीय भवनलाई निशाना बनाएर गोलाबारी गरेको हो। आपतकालीन सेवाले जारी गरेको वक्तव्यमा रुसले नौतले आवासीय भवनमा बम खसाल्दा दुईजनाको ज्यान गएको र अरु तीनजना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको उल्लेख […]

सम्बन्धित सामग्री

युक्रेनको अर्को एउटा शहरमा रुसी हमलाको निशानामा आवासीय इलाका, दुईको मृत्यु

रुसको मिसाइल हमलामा कम्तीमा दुई नागरिकको मृत्यु भएको युक्रेनले जानकारी दिएको छ । यो हमला राजधानी किभबाट पश्चिमस्थित जोटेमरमा भएको हो । अधिकारीका अनुसार हमलाको निशाना शहरको एउटा एयरबेस थियो तर नजिकैको आवासीय भवन निशाना बनिदियो ।युक्रेनको गृह मन्त्रालयले ट्वीट गरेर यो हमलामा कम्तीमा दुईजनाको मृत्यु भएको र १६ जना घाइते भएको जानकारी दिएका छन् । यद्यपि, टेलिग्राममा एक सरकारी अधिकारी एन्टनी गेराशचेन्कोले मृतकको संख्या अझै धेरै भएको बताएका छन् । उनले एक बच्चासमेत चार जनाको मृत्यु भएको बताएका छन्