बागलुङ : दशक अगाडिसम्म बागलुङको अधिकांश क्षेत्रमा लामबद्ध रुपमा खच्चडले भारी बोकेको देखिन्थ्यो। टाढा–टाढाबाट सामान ढुवानी गर्नका लागि निकै सहयोगी साबित भएका खच्चड अहिले कामविहीन बनेका छन्।ग्रामीण क्षेत्रमा मोटरबाटोले नजोडिँदा खच्चडमार्फत आय आर्जन गर्ने व्यवसायी अहिले थला पर्दै गएका छन्। उनीहरुले अर्को व्यवसाय रोज्नु पर्ने बाध्यता बनेको छ।जिल्लाका सबै गाउँहरु सडक सञ्जालले जोडिएपछि घोडा, खच्चडको प्रयोगमा कम हुँदै गएको छ। घोडा, खच्चडको प्रयोग घटेसँगै खच्चड व्यवसायी समस्याम