काठमाण्डाै – अमेरिकी फोटोग्राफर किटिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्बिर झुटाे अर्थात् 'फेक' भएको तथ्य बाहिरिएको छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा निकै चर्चा पाएको हिउँ चितुवाको फोटो 'फेक' भएको अलपाइन इन्टरनेशनल म्यागजिनले दाबी गरेको छ ।
अलपाइन इन्टरनेशनल हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको चर्चित म्यागजिन हो । पावलोस्कीले खिचेको भनिएका तस्बिरमा शङ्का लागेपछि म्यागजिनका विज्ञको टोलीले अध्ययन गरेको थियो । हिउँ चितुवा संयोगवश जो कसैले भ...