नेकपा (माओवादी केन्द्र) खारेजीको निवेदनमा ताकेता गर्न निर्वाचन आयोगमा पुगेका पूर्वमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीले छिटो निर्णय गर्न आयोगसँग आग्रह गरेका छन् ।
रायमाझी, मणि थापा, प्रभु साह लगायतका नेताहरू माओवादी पार्टी खारेजीको माग गर्दै शुक्रवार आयोग पुगेका थिए ।
‘माओवादी केन्द्र खारेजीको माग गर्दै असार २३ गते निवेदन दिएकोमा छिटोभन्दा छिटो निर्णय गर्नुपर्यो भनेर जानकारी लिन आयोगमा आएका हौं,’ रायमाझीले भने, ‘माओवादी पार्टी मनपरी ढंगले चलिरहेको हुनाले छिटोभन्दा छिटो न...