कैलाली-१ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ निर्वाचित

८ मंसिर, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर-१बाट नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छिन् । कांग्रेसका उम्‍मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउँदै श्रेष्ठ निर्वाचित भएकी हुन् । श्रेष्ठले ३० हजार ४०४ मत पाउँदा राम जनम चौधरीले १८ हजार ८ मत मात्र पाए । यस्तै नेकपा एमालेका उम्‍मेदवार तपेन्द्र रावलले ५ […]

सम्बन्धित सामग्री

रेशम पक्षलाई रञ्जिताको काउन्टर : त्यो बैठक आधिकारिक होइन

२० चैत, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को विवाद थप चर्किएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेमश चौधरी पक्षले बोलाएको बैठक आधिकारिक नभएको सूचना निकालेकी छन् । टीकापुर महाधिवेशन (जसलाई निर्वाचन आयोगले मान्यता दिएन) बाट महासचिव बनेका गंगाराम चौधरीले सोमबार सूचना निकालेर २३ र २४ चैतमा बैठक आह्वान गरेका छन् ।  उनले पार्टीको महत्वपूर्ण […]

नागरिक उन्मुक्ति पार्टीसहित चार पार्टीबीच एकता घोषणासभा

नागरिक उन्मुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता सङ्घर्ष समाज र नागरिक सशक्तीकरणका लागि जागरण अभियानबीच सोमबार मोरङमा पार्टी एकता घोषणासभाको आयोजना गरिएको छ । उन्मुक्ति पार्टीकी राष्ट्रिय अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, मञ्चका अध्यक्ष ज्ञानबहादुर गुरुङ, समाजका संयोजक त्रिनारायण राजवंशी र अध्यक्ष दिनेशराज राजवंशी र अभियानका विनोद …

रञ्जिताको दावी: आगामी निर्वाचनमा नागरिक उन्मुक्ति वैकल्पिक शक्ति बन्छ

काठमाडौँ- विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा नेता/कार्यकर्ताहरू नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रममा उनीहरूलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले पार्टीमा स्वागत गरेकी हुन्। पार्टी प्रवेश कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मन्त्री श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीलाई टीकापुर […]

कार्यगत एकता गरेर अगाडि बढ्ने जनमत र नागरिक उन्मुक्ति पार्टीकाे सहमति

काठमाडाैँ- रेशम चाैधरी नेतृत्वकाे नागरिक उन्मुक्ति पार्टी र सिके राउत नेतृत्वकाे जनमत पार्टीले कार्यगत एकता गरेर अगाडि बढ्ने भएका छन्। जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आइतबार कार्यगत एकता गर्ने सहमति गरेका हुन्। यसका लागि उनीहरूले १२ बुँदै सहमतिमा हस्ताक्षर गरेका छन्। देउवा सरकारले ल्याएको मुलुकी फौजदारी […]

सुदूरपश्चिम सरकारका विषयमा अडान छैन : रञ्जिता श्रेष्ठ

२० पुस, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकार गठनका सन्दर्भमा आफूहरुको कुनै अडान नरहेको बताएको छ । नाउपाले मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको चर्चा भइरहेका बेला अध्यक्ष श्रेष्ठले यो दलहरुबीचको छलफलमा उठेको विषयमात्र भएको बताइन् । ‘सत्ता साझोदार दलहरुका बीचमा केही सहमति भइसकेको छैन । छलफलका क्रममा ‘जे सहमति हुन्छ त्यही हुन्छ’ उनले […]

नागरिक उन्मुक्ति पार्टी : 'डेब्यु' मै ४ सिट जित

कञ्चनपुर – दल गठन भएको वर्ष दिन नपुग्दै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमको सबैभन्दा ठूलो जिल्ला कैलालीमा ठूलै दल दलको रूपमा प्रस्तुत भएको छ । भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेको यस दलले यहाँ पाँच वटा प्रतिनिधि सभा सदस्यको निर्वाचन क्षेत्रमध्ये तीन र दश वटा प्रदेश सभा सदस्यको निर्वाचन क्षेत्रमध्ये पाँच वटा सिटमा विजय हासिल गरेको छ । गएको पुसमा निलम्बित पूर्वसांसद रेमश चौधरीका श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा यस राजनीतिक दल दर्ता गराएको छोटो समयमै पार्टीले च...

कैलाली-१ मा नागरिक उन्मुक्तिकी श्रेष्ठको अग्रता, राम जनम दोस्रो स्थानमा

५ मंसिर, कैलाली । काठमाडौं क्षेत्र नं. १ को प्रारम्भि मतगणनामा नागरिक उन्मुक्ति पार्टी अगाडि देखिएको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ । नागरिक उन्मुक्ति पार्टीकी उम्‍मेदवार रञ्जिता श्रेष्ठ चौधरीले १०९ मतले अग्रता बढाएकी हुन् । श्रेष्ठले २ हजार ६९ मत पाउँदा सत्ता गठबन्धनकाउम्‍मेदवार राम जनम चौधरीले १६० मत ल्‍याएका छन् । यस्तै नेकपा […]

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको चुनावमा के होला

काठमाडौं, २४ भाद्र । रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट चुनाव जितेर पनि प्रतिनिधि सभाको कार्यकालभर संसदमा बोल्न नपाएका एकमात्र संसद हुन् । उनीमाथि टीकापुर हत्याको अभियोग रहेकाले जेलमा छन् । महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टीबाट चुनाव जितेका चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गरेकी छिन् । उक्त दलले […]

रेशम चौधरीको दल ‘नागरिक उन्मुक्ति पार्टी’ मा मनिष लामा र सोनाम घिसिङको प्रवेश

काठमाडौं, ६ चैत्र । स्थानीय चुनाव नजिकिदै गर्दा रेशम चौधरीले नेतृत्व गरेको पार्टी ‘नागरिक उन्मुक्ति पार्टी’मा विभिन्न दल परित्याग गर्नेहरु देखिएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मनिष लामा, सोनाम घिसिङ लगायत थुप्रैको सख्यामा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नागरिकको […]