अभिमुखीकरण तालिम नयाँ कार्यविधि, कार्यान्वयनमा लैजान सहमत

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रदान गरिने पूर्वप्रस्थान अभिमुखीकरण तालिम दोस्रो संशोधित कार्यविधि अनुसार सञ्चालन गर्ने विषयमा सरोकारवाला संस्थाहरूले प्रतिबद्धता जनाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान तालिम प्रदायक संस्था र अन्य सरोकारवाला संस्थाका प्रतिनिधिसँग गरेको छलफलमा सहभागीले नयाँ कार्यविधि अनुसार तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन् । मन्त्रालयका अनुसार अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ को दोस्रो संशोधनमा गरिएका प्रावधान बिस्तारै कार्यान्वयनमा लैजाने विषयमा तालिम प्रदायक संस्थाहरू सहमत भएका छन् ।

सम्बन्धित सामग्री

मापदण्डअनुसार वैदेशिक रोजगार अभिमुखीकरण तालिम सञ्चालन गर्न महासंघको आग्रह

काठमाण्डौ – नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघले मापदण्डभित्र रहेर तालिम सञ्चालन गर्न अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुलाई आग्रह गरेको छ । वैदेशिक रोजगारीमा जानुपूर्व श्रम स्वीकृति लिइसकेपछि श्रमिकले अनिवार्य रुपमा दुई दिने अभिमुखीकरण तालिम लिनुपर्ने हुन्छ । तर पछिल्लो समय यी तालिम प्रदायक संस्थाले लापरबाही गर्ने गरेको, कक्षामा उपस्थित नभएकाहरुलाई पनि तालिम लिएको प्रमाणपत्र दिने गरेको लगायत आरोप लाग्न थालेपछि महासंघले त्यस्तो नगर्न सम्बन्धित संस्थाहरुलाई आग्रह गरेको हो । महासंघले विज्ञप्ति जारी गर्द...

विराटनगरमा सरसफाइकर्मीका लागि एकदिने अभिमुखीकरण तालिम सम्पन्न

मोरङ – विराटनगर महानगरपालिकाले सरसफाइकर्मीका लागि एकदिने अभिमुखीकरण तालिम गरेको छ। व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको आयोजना तथा महानगरको सहकार्यमा सोमबार तालिम सञ्चालन गरिएको हो। तालिम उद्घाटन गर्दै महानगर प्रमुख नागेश कोइरालाले सरसफाइकर्मी महानगरपालिकाको मेरुदण्ड भएको बताए। मेयर कोइरालाले महानगरलाई सफा, सुन्दर बनाउन सफाइकर्मीहरूको महत्वपूर्ण भूमिका हुने उल्लेख गरेका थिए। उनले भने, ‘सफाइकर्मीहरू विराटनगर महानगरको […]

वैदेशिक रोजगारीमा जानेका लागि सञ्चालन भइरहेको अभिमुखीकरण तालिम मापदण्ड विपरीत

काठमाण्डौ – वैदेशिक रोजगारीमा जानेहरूका लागि अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको पाइएको छ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न जिल्लाहरूमा अनुगमन गर्दा मापदण्ड अनुसार अभिमुखीकरण तालिम सञ्चालन नभएको पाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।  अभिमुखीकरण तालिमहरू मापदण्डअनुसार सञ्चालन नभएको भन्दै विभागले देशका विभिन्न ठाउँमा रहेका तालिम प्रदायक संस्थाहरूमा अनुगमन गरेको थियो ।  वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रूपमा अभिमुखीकरण तालिम लिनु पर्ने सरकारी नियम छ । जसअनुसार तालि...

सञ्चारकर्मीलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम

काठमाडौँ,२३ कार्तिक । जुम्लाका क्रियाशील सञ्चारकर्मीलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाको आयोजना तथा राष्ट्रिय समाचार समितिको सहकार्य र नेपाल पत्रकार महासङ्घ शाखा जुम्लाको समन्वयमा जिल्लास्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम भएको हो । जिल्ला निर्वाचन परिचालन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र […]

वैदेशिक रोजगारीमा जानुअघि अभिमुखीकरण तालिम किन लिने ?

काठमाडौं। गन्तव्य मुलुककाबारेमा पर्याप्त जानकारी नहुँदा नेपाली कामदार कानुनी झमेलामा पर्नेदेखि ज्यानै गुमाउने अवस्थामा पुग्छन्। त्यसैले रोजगारीका लागि विदेश जाने कामदार अप्ठेरोमा नपरुन भनेर सरकारले दुई दिनको अभिमुखीकरण तालिम अनिवार्य गरेको छ। अभिमुखीकरणमा गन्तव्य मुलुकको रहनसहन, चालचलन, धर्म, संस्कृति, मौसमलगायत विषयमा जानकारी दिइन्छ।

कांग्रेसले आज र भोलि जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तहका जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिँदैछ। स्थानीय तह निर्वाचनमा कांग्रेसबाट देशभरबाट निर्वाचित अध्यक्ष/ उपाध्यक्ष, प्रमुख/उपप्रमुख तथा जिल्ला समन्वय प्रमुखलाई कांग्रेसले आज र भोलि अभिमुखीकरण तालिम दिन लागेको हो।  प्रशिक्षणमा सहभागी हुन सबै जनप्रतिनिधिहरू काठमाडौं आइपुगेका छन्।दुई दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रमलाई पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज विहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीका सहमहामन्त्री भी