एभरेष्ट बैंक–दराज साझेदारी सम्झौता

काठमाडौं (अस) । एभरेष्ट बैंक र दराज केमु प्रालि (दराज) ले दराजद्वारा आयोजित दराज ११.११ अभियानमा छुट साझेदारीका लागि सम्झौता गरेका छन् । सम्झौतापत्रमा बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र दराजका प्रबन्ध निर्देशक लिनो अहलरिङले हस्ताक्षर गरे । बैंकले जारी गरेको भिसा डोमेस्टिक डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गरेर दराज ११.११ अभियानमा दराज प्लेटफर्मबाट खरिद गर्दा ग्राहकलाई छुट दिनेछ । कार्यक्रम ११ नोभेम्बेरमा लाइभ हुनेछ, जहाँ  बैंकले  दराज  एप र वेबसाइटमा एभरेष्ट डेबिट/क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्नेले १५ प्रतिशतसम्म छुट पाउनेछन् । ग्राहकले क्रेडिट कार्डमा अधिकतम  ३ हजार ५०० र डेबिट कार्डमा ३ हजारसम्म छुट पाउन सक्नेछन्

सम्बन्धित सामग्री

एभरेष्ट बैंक र वान पोइन्ट फाइनान्सियलबीच सम्झौता

एभरेष्ट बैंक र वानपोइन्ट फाइनान्सियलबीच डिजिटल बैंकिङ थप सहज र सुरक्षित बनाउन सम्झौता भएको छ।

एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच सम्झौता

एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।...

एभरेष्ट बैंक र एनबीआईबीच सम्झौता

एभरेष्ट बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एन.बी.आई) बीच तालिक कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता अनुसार एन.बी.आईले एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने बैंकले जनाएको छ ।पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको बैंकमा हालसम्म […]

एभरेष्ट बैंक र दराज बीच सम्झौता

एभरेष्ट बैंक र दराज बीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ।

एभरेष्ट बैंक र फोकसवान पेमेन्टबीच भुक्तानी सेवा सम्झौता

फोकसवान पेमेन्ट सोलुसन्स प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेट र एभरेष्ट बैंक लिमिटेड बीच भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ।...

एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता

एभरेष्ट बैंक लिमिटेडले गेटवे पेमेन्ट नेपालसँग एक सम्झौता गरेको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले भारतमा पेटिएम, गुगलपे, फोनपे आदि स्वीकार गर्ने विभिन्न आउटलेटहरूमा खरिद गरिएका सामान र सेवाहरूको भुक्तानी क्यूआर मार्फत गर्न सकिने जनाइएको छ । यसका साथै भारतमा बसोबास गर्ने नेपालीहरूले सिधैं एभरेष्ट बैंकको खातामा पैसा पठाउन पनि सक्नेछन् । त्यस्तै नेपाल भ्रमण गर्ने...

एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता

एभरेष्ट बैंक लिमिटेडले गेटवे पेमेन्ट नेपालसँग एक सम्झौता गरेको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले भारतमा पेटिएम, गुगलपे, फोनपे आदि स्वीकार गर्ने विभिन्न आउटलेटहरूमा खरिद गरिएका सामान र सेवाहरूको भुक्तानी क्यूआर मार्फत गर्न सकिने जनाइएको छ ।यसका साथै भारतमा बसोबास गर्ने नेपालीहरूले सिधैं एभरेष्ट बैंकको खातामा पैसा पठाउन पनि सक्नेछन् भने नेपाल भ्रमण गर्ने भारतीय पर्यटकहरूलाई नेपालमा भुक्तान गर्न पनि सहज हुने बैंकले जनाएको छ ।

एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता

एभरेष्ट बैंक लिमिटेडले गेटवे पेमेन्ट नेपाल प्रा. लि. सँग सम्झौता गरेको छ । सम्झौता पश्चात् बैंकका ग्राहकहरूले भारतमा पेटिएम, गुगलपे, फोनपे आदि स्वीकार गर्ने विभिन्न आउटलेटहरूमा खरिद गरिएका सामान र सेवाहरूको भुक्तानी क्यूआर मार्फत गर्न सकिने छ । यसका साथै भारतमा बसोबास गर्ने नेपालीहरूले सिधैं एभरेष्ट बैंकको खातामा पैसा पठाउन पनि सक्नेछन् र नेपाल भ्रमण गर्ने भारतीय पर्यटकहरूलाई नेपालमा भुक्तान गर्न पनि सहज हुनेछ ।  बैंकले आफ्नो ११६ शाखाहरू, ३१ राजस्व सङ्कलन काउन्टरहरू, १५० एटिएमहरू तथा आ

एभरेष्ट बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता

एभरेष्ट बैंक र आगन्तुक रिसोर्टबीच छुट दिनेबारे सम्झौता भएको छ ।बैंकका कार्डबाहकहरू, मोबाइल बैंकिङ प्रयोगकर्ता र बैंकका कर्मचारीलाई रिसोर्टले आवासमा २३ प्रतिशत छुट तथा खाना र पेय पदार्थमा १४ प्रतिशत छुट दिने सम्झौता भएको हो । सम्झौतासम्बन्धी एमओयूमा बैंकका सीईओ सुदेश खालिङ र रिसोर्टका बोर्ड कोअर्डिनेटर कृष्णप्रसाद ज्ञवाली हस्ताक्षर गरेका छन् ।एभरेष्ट बैंक, पञ्जाब नेशनल […]