माओवादीका स्थानीय नेताले भने : 'मलाई रक्सी खुवाएर एमाले प्रवेश गराइयो'

डोटीको आदर्श गाउँपालिका माओवादी केन्द्रका उपाध्यक्ष रण नेपालीले आफूलाई रक्सी खुवाएर एमाले प्रवेश गराएको आरोप लगाएका छन्। ६ फागुनमा आदर्श गाउँपालिकामा एमालेको कार्यक्रममा आफूलाई एमालेका कार्यकर्ताले रक्सी खुवाइ एमाले प्रवेश गराएको नेता नेपालीले गत शनिवार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सम्बन्धित सामग्री

फिनल्यान्डकी प्रधानमन्त्री रक्सी खाँदै रमाएपछि...

फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले रक्सी खाँदै आफ्ना साथीभाइसँग रमाइरहेकाे भिडियाे भाइरल भएकाे छ ।  भाइरल भएकाे भिडियाेमा प्रधानमन्त्री मरिनले रक्सी खाएर नाच्दै र गाउँदै गरेकाे देख्न सकिन्छ । भिडियाेमा फिनल्यान्डका सेलिब्रेटीहरूलाई पनि देख्न सकिन्छ । भिडियाे भाइरल भएसँगै उहाँकाे आलाेचना भइरहेकाे छ भने विपक्षी नेताले त लागुऔषध खाएकाे हाे वा हाेइन भनेर जाँच गरिनुपर्ने बताएका छन् ।   प्रधानमन्त्री मरिनले भने आफूले लागुऔषध नखाएकाे बताउँदै नाच्न र रमाउन पाउनु वैधानिक भएकाे प्रतिक्रिया दिनुभएकाे छ ।  ...

रक्सी पिएर रमेकाे भिडियो सार्वजनिक भएपछि फिनिस प्रम मरिन बनिन् आलोचनाको सिकार

हेलसिन्की । फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिनले उन्मुक्त तरिकाले पार्टी मनाइरहेको एउटा भिडियो फुटेज सार्वजनिक भएपछि अहिले उनी व्यापक आलोचनाको सिकार भएकी छन् ।  सामाजिक सञ्जालबाट लिइएको हुनुपर्ने सो भिडियोमा उनी आफ्ना साथी र अन्य फिनिस चर्चित व्यक्तित्वहरूसँग नाचगान गरिरहेको देखिन्छिन् ।  उनको विपक्षी राजनीतिक पार्टीहरूबाट आलोचना भइरहेको छ । एकजना नेताले उनको...

चुनावी गणितको प्रश्नपत्र बाहिरियो !

हाम्रो देशमा हुने विभिन्न परीक्षाको परम्पराको नियमानुसार प्रश्नपत्र जाँचभन्दा पहिल्यै आउट हुने गरेको छ । डाक्टर, इन्जिनियरको प्रश्नपत्र आउट गर्न त निकै कसरत गर्नुपर्छ रे । मैले पनि ठूलै पापड पेलेर अर्को हप्ता हुने चुनावी गणितको आउट भएको प्रश्नपत्र हात परेको छु, जो यसप्रसार छन् । महानगरको चुनावमा एउटा साइबर स्यालका लागि प्रतिहप्ता १० हजार खर्च दिनुपर्छ । दैनिक १०० पोस्ट विपक्षीलाई गाली गर्न, १०० पोस्ट उम्मेदवारको टिकटक बनाउन, ५० पोस्ट मानिसको समर्थनका भनाइ राख्न उसलाई कति जना साइबर स्याल चाहिएला ? १. एउटा उम्मेदवार वा नेता दिनमा जम्मा १० लिटर गोहीको आँसु बगाउँछ । यदि एउटा आमसभामा उसले सरदर ५०० मिलिलिटर गोहीको आँसु बगायो भने उसले जम्मा कति आमसभालाई सम्बोधन गर्‍यो होला ? २. चुनाव प्रचारका क्रममा दलदल पार्टीका उम्मेदवारले भोटरका अगाडि आफ्नो नाकलाई प्रतिदिन १ मिलिमिटर घोट्छ र दलबदल पार्टीका नेताले भने आफ्नो नाक त्यति नै समयमा १.५ मिलिमिटर घोट्छ । चुनाव परिणाम आउने दिन दलदल पार्टीको नाक ५.५ मिलिमिटर मात्रै घोटिएको हुन्छ, जब कि दलबदल पार्टीको नाक ३ मिटर घोटिइसकेको  हुन्छ । अब बताउनुस्– यी दुई दलले कति कति चुनाव प्रचार गरे त ? ३. सामान्यतया भोटरहरूलाई मासु र रक्सी बाँड्दा २.५ प्रतिशत, पैसा बाँड्दा २ प्रतिशत र मोबाइल बाँड्दा ०.९ प्रतिशत भोटको वृद्धि हुन्छ । एउटा पार्टी आफ्नो भोट यसअघिको चुनावको तुलनामा १५ प्रतिशतले बढाउन चाहन्छ । अब भन्नुस्– २ करोड भोटरका लागि कति मात्रामा रक्सी, बियर, मासु–च्युरा, मोबाइल र पैसाको जोहो गर्नुपर्ला ? ४. एउटा विरोधी नेताको सभा बिथोल्न कम्तीमा १५ अधम अरिँगालहरू चाहिन्छन् । यस प्रकारका एउटा अरिँगालका लागि करिब ५ लाख खर्च गर्नुपर्ने हुन्छ । तर एउटा दलले भने अरिँगालहरूमा १० करोड रुपैयाँ खर्च गर्‍यो । अब बताउनुस्– उसले विरोधीका कतिओटा आमसभामा गएर हंगामा मच्चाउन सफल भयो त ? ५. एउटा पार्टीको आफ्नो कोषमा ४० प्रतिशत भ्रष्टाचारबाट, १५ प्रतिशत कमिशनबाट, २० प्रतिशत घूसबाट, १५ प्रतिशत रुपैयाँ ट्रान्सफर गरेर र बाँकी चन्दाबाट जम्मा गर्ने गर्छ । यदि पार्टी फन्डमा यो वर्ष २०० करोड जम्मा भएको छ भने अब भन्नुस्– यो पार्टीले ट्रान्सफर व्यापारबाट कति पैसा लुँड्यायो ? ६. स्थानीय निकायका वडाहरू, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा कुनै विरोधी वा विरोधी दलका नेताको भोट वा बंगारा भत्काउन दिइने रकमको अनुपात १ः२ः३ को रहन्छ । यदि स्थानीय स्तरका कुनै आफ्नै पार्टी विरोधी गुट वा बागी उम्मेदवारलाई १० लाख रुपैयाँमा तोडिन्छ भने भने केन्द्रीय स्तरका नेतालाई तोड्नुपर्‍यो भने कति रुपैयाँ आवश्यक पर्छ होला ? ७. एउटा पार्टीले आरक्षणवालाहरूको भोटका लागि ५०० लिटर घरेलु रक्सी र २०० किलो मासु र बाँकी भोटका लागि १० करोड रुपैयाँको व्यवस्था गरेको छ । अब भन्नुस् कि यो पार्टीले पाउने भोटमध्ये आरक्षणवाला र अन्य सबै गरेर भोटको कति कति अनुपात रहन्छ ? ८. एउटा पार्टीले पूरै चुनावी सिजनमा विरोधीहरूमाथि १०० टन फोहोर फ्याँक्छ । एक टन फोहोरमा ३० क्विन्टल झुठ र ५० क्विन्टल गाली मिसाउनुपर्ने हुन्छ । एउटा शुद्ध चम्चाले भने ५० किलो झुठ र ५५ किलो गाली मिलाएर भाषण गर्न सक्षम हुन्छ । यस्तोमा पार्टीलाई कति शुद्ध चम्चाहरूको आवश्यकता पर्छ, ताकि भोटरहरूलाई साँच्चैजस्तो लाग्नेगरी एक शानदार गालीबाजीको कला निर्वाह गर्न सकियोस् ? ९. एउटा उम्मेदवार नेतालाई भत्काउन २ करोड रुपैयाँ र ४ सुन्दरीको आवश्यक पर्न सक्छ । पार्टीलाई चुनावमा बहुमत हासिल गर्न कम्तीमा थप स्थानीय निकायहरू, जस्तै– २०० गाउँपालिका, ८ उपनगरपालिका र १९० नगरपालिकामा जित्नुपर्ने हुन्छ । त्यो पार्टीसँग जम्मा ५० करोड रुपैयाँ र ५० सुन्दरीहरू मात्र छन् । अब भन्नुस्, बहुमत पुर्‍याउन अब थप कति रुपैयाँ र थप कति सुन्दरीहरू जुटाउनुपर्ने हुन्छ ? १०. चुनाव जित्नैका लागि एउटा नेताले ५ करोड खर्च गर्‍यो । यदि उसलाई प्रतिभ्रष्टाचार ५ लाख, प्रतिडिलिङको कमिशनबापत ३ लाख र प्रतिकर्मचारी सरुवाबापत २ लाख आय हुन्छ । अब भन्नुस् कि उसलाई जम्मा कतिओटा भ्रष्टाचार, कमिशन र सरुवाको काम गर्नुपर्ने हुन्छ, ताकि उक्त नेता व्यवसायमा आफ्नो लागतको कमसेकम १० गुणा बढी रुपैयाँ आरामसँग कमाउन सकोस् ? ११. एउटा चुनावी र्‍याली गर्न १०० युवालाई ललिपप, मासु चिउरा र दारुका लागि प्रतियुवा दैनिक कम्तीमा १ हजार खर्च लाग्छ । अब भन्नुहोस्– उसले एक महीनाको चुनाव अभियानमा कति खर्च गर्‍यो होला ? १२. महानगरको चुनावमा एउटा साइबर स्यालका लागि प्रतिहप्ता १० हजार खर्च दिनुपर्छ । दैनिक १०० पोस्ट विपक्षीलाई गाली गर्न, १०० पोस्ट उम्मेदवारको टिकटक बनाउन, ५० पोस्ट मानिसको समर्थनका भनाइ राख्न उसलाई कति जना साइबर स्याल चाहिएला ? १३. चुनावका लागि अनलाइनमा आफ्नो पक्षमा जनता रहेको समाचार बनाउन, विपक्षीमाथि पुष्टि गर्नु नपर्ने गम्भीर आरोप लगाउन तथा पुराना गल्ती खोजी खोजी प्रचार गर्न प्रतिअनलाइन प्रतिसमाचार १५ हजार दिनुपर्छ । दैनिक दर्जनौं अनलाइनमा यस्तो समाचार आइरहेको छ । १५ दिनमा उक्त पार्टीले यस शीर्षकमा कति खर्च गर्‍यो होला ? १४. समृद्ध नेपाल सुखी नेपालीका लागि चुनावमा गाडी र मोटरसाइकल नभई त चुनाव प्रचार हुने कुरै भएन । एउटा उम्मेदवारले १०० गाडी र २ हजार मोटरसाइकलका लागि दैनिक १० लिटर पेट्रोल हालिदिन्छ । पार्टीका झन्डा राखेर गुडेपछि त्यो गाडी र मोटर दैनिक १०० किलोमिटर गुड्छ । यस हिसाबले ६ महानगरपालिकाका लागि मात्र कति पेट्रोल खर्च हुन्छ ? १५. राजनीति सबैभन्दा बढी प्रतिफल दिने व्यवसाय हो भनिन्छ । माथिका सबै खर्च जोडेपछि  पाँच वर्षमा शतप्रतिशत प्रतिफल लिन उसले आफू र आफ्नो पार्टीका लागि कति भ्रष्टाचार गर्नुपर्ला ? अनि त्यसका लागि अब कति कर थप्नुपर्ला ? यी प्रश्नहरूको सही उत्तर दिन सक्नुभयो भने जाँचै नदिए पनि राजनीति विषयमा तपाईंले पनि विद्यावारिधिको प्रमाणपत्र प्राप्त गर्नुहुनेछ है !

माओवादी नेताले भने : मलाई रक्सी खुवाएर एमाले प्रवेश गराइयो

न्युज अफ नेपाल, डोटी । डोटीको आदर्श गाउँपालिका माओवादी केन्द्रका उपाध्यक्ष रण नेपालीले आफूलाई रक्सी खुवाएर एमाले प्रवेश गराएको आरोप लगाएका छन् । ६ फागुनमा आदर्श गाउँपालिकामा एमालेको कार्यक्रममा आफूलाई एमालेका कार्यकर्ताले रक्सी खुवाइ एमाले प्रवेश गराएको नेता नेपालीले गत शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आफू एमालेमा नगएको र माओवादी केन्द्रमै रहेको […]

माओवादी नेताले भने– मलाई रक्सी खुवाएर एमाले प्रवेश गराइयो

डोटी, ९ फागुन : डोटीको आदर्श गाउँपालिका माओवादी केन्द्रका उपाध्यक्ष रण नेपालीले आफूलाई रक्सी खुवाएर एमाले प्रवेश गराएको आरोप लगाएका छन् । ६ फागुनमा आदर्श गाउँपालिकामा एमालेको कार्यक्रममा आफूलाई एमालेका कार्यकर्ताले रक्सी खुवाइ एमाले प्रवेश गराएको नेता नेपालीले गत शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आफू एमालेमा नगएको र माओवादी केन्द्रमै रहेको भन्दै […]

भारतको आन्ध्रप्रदेश : नेताले गरे सत्तामा आएपछि रक्सी सस्तोमा उपलब्ध गराउने वाचा

भारतको आन्ध्र प्रदेशमा भारतीय जनता पार्टीका प्रदेश अध्यक्ष सोमू वीरराजूले अनौठो बयान दिएका छन् ।  भाजपा सत्तामा आएमा प्रदेशमा ५० भारुमा गुणस्तरीय रक्सीको क्वार्टर बोतल उपलब्ध गराउने उनको भनाइ छ । अहिले त्यति मात्राको रक्सी २०० भारुमा उपलब्ध भइरहेको छ ।  मंगलवार एक जनसभालाई सम्बोधन गर्ने क्रममा वीरराजूले राज्य सरकारमाथि आक्रमण गर्दै राज्यमा नक्कली ब्रान्डको रक्सी उच्च मूल्यमा बिक्री गरिएको बताए ।  प्रदेशमा हरेक व्यक्तिले महिनाको १२ हजार भारु रक्सीमा खर्च गरिरहेको उनको भनाइ छ । एक करोड मानिसले रक्सी पिउने ...

समाज आधुनिक, सोच पुरानै

व्यवस्था फेरिए पनि पञ्चायतकालीन सोचकै व्यक्ति पटकपटक सत्तामा पुगे। राजनीतिक नारा फेरिए, तर कार्यशैली फेरिन सकेन। सिसी नयाँ, रक्सी पुरानै। नेताले जनतालाई हेर्ने नजर उस्तै।