फिनल्याण्डकी प्रधानमन्त्री सना मरिनले पार्टी गरिरहेको भिडियो सार्वजनिक भएपछि विवाद बढेको छ । फिनल्याण्डको विपक्षी नेताले भिडियोको विषयमा सना मरिनलाई तथानाम भन्न सुरु गरेका छन् । उनको लागुऔषध परीक्षण गर्न पनि माग गरिएको छ । सोसल मिडियामा जुन भिडियो भाइरल भइरहेको छ, त्यसमा ३६ वर्षीया प्रधानमन्त्री मारिन आफ्ना साथीहरूसँग प्राइभेट पार्टीको मजा लिईरहेको देखिन्छ । […]