भारतको आन्ध्रप्रदेश : नेताले गरे सत्तामा आएपछि रक्सी सस्तोमा उपलब्ध गराउने वाचा

भारतको आन्ध्र प्रदेशमा भारतीय जनता पार्टीका प्रदेश अध्यक्ष सोमू वीरराजूले अनौठो बयान दिएका छन् ।  भाजपा सत्तामा आएमा प्रदेशमा ५० भारुमा गुणस्तरीय रक्सीको क्वार्टर बोतल उपलब्ध गराउने उनको भनाइ छ । अहिले त्यति मात्राको रक्सी २०० भारुमा उपलब्ध भइरहेको छ ।  मंगलवार एक जनसभालाई सम्बोधन गर्ने क्रममा वीरराजूले राज्य सरकारमाथि आक्रमण गर्दै राज्यमा नक्कली ब्रान्डको रक्सी उच्च मूल्यमा बिक्री गरिएको बताए ।  प्रदेशमा हरेक व्यक्तिले महिनाको १२ हजार भारु रक्सीमा खर्च गरिरहेको उनको भनाइ छ । एक करोड मानिसले रक्सी पिउने ...