फिनल्याण्डकी प्रधानमन्त्री सना मरिनले पार्टी गरिरहेको भिडियो सार्वजनिक भएपछि विवाद बढेको छ । फिनल्याण्डको विपक्षी नेताले भिडियोको विषयमा सना मरिनलाई तथानाम भन्न सुरु गरेका छन् । यहाँसम्म कि उनको लागुऔषध परीक्षण गर्न पनि माग गरिँदै छ । यद्यपि, सना मरिनले ड्रग्स लिएको मामिलामा स्पष्टिकरण दिँदै पार्टीमा आफूले रक्सी मात्रै सेवन गरेको बताएकी छिन् ।सोसल मिडियामा सना मरिनको जुन भिडियो भाइरल भइरहेको छ, त्यसमा उनी आफ्ना साथीहरुसँग नाच्दै गाइरहेको देखिएक्ी छिन् । भिडियोको विषयमा सोसल मिडियामा विभिन्न खालक