१० महिनादेखि रोकिएको मलेसियाको रोजगारी औपचारिक रूपमा खुला गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ प्रक्रियाका लागि स्वास्थ्य परीक्षण मापदण्ड निर्धारण गरेर स्वास्थ्य संस्था छनोट गरिरहेका बेला पहिलो चरणमा कलिङ भिसा आइसकेका युवाको लागि मलेसिया खुला गरेको हो ।