काठमाडौं। कारोबारको दोस्रो दिन सेयर बजारमा गिरावट आउँदा म्युचुअल फन्ड उपसमूहको सेयर ०.१६ प्रतिशतले बढेको छ। म्युचुअल फन्डबाहेकका अन्य समूह भने ओरालो लागेका छन्। जसमध्ये होटेल तथा पर्यटन, विकास बैङ्क, जलविद्युत र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ भने बैंकिङ्ग, व्यापार, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।