आरबीबी म्युचुअल फन्ड १ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवर्धक रहेको आरबीबी म्युचुअल फन्ड अन्र्तगत संचालित पहिलो बन्दमुखी योजना ‘आरबीबी म्युचुअल फन्ड १’ नामको योजना नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । म्युचुअल फन्ड प्रति इकाई १०का दरले १२ करोड ५० लाख इकाई अर्थात १ अर्ब २५ करोड नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्जका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुँयालबीच र आरबीबी मर्चेन्ट बैंकिङ्गका प्रम