देशका विभिन्न ठाउँमा ठूलो वर्षा, बाढीकाे जाेखिम भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - देशका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेको छ । अहिले डडेलधुरा, कञ्चनपुर, कैलाली, बर्दिया, झापा, मोरङ, सुनसरी र सप्तरीसहितका जिल्लामा ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । डडेलधुराको रङ्घुन खोला र साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । त्यस्तै कन्काई, कर्णाली र महाकालीका सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने अनुमान छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो नदीहर...

सम्बन्धित सामग्री

काठमाण्डौका विष्णुमती, इच्छुमती, धोबीखोलामा बाढीको जोखिम : सतर्कता अपनाउन आग्रह

काठमाण्डौ - काठमाण्डौका विष्णुमती, इच्छुमती, धोबीखोलामा बाढीको जोखिम बढेको छ । राति काठमाण्डौको बूढानीलकण्ठ आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ । बाढी सूचना महाशाखाले गोङ्गबु क्षेत्रमा जलसतह सतर्कता नजिक पुगेको र विष्णुमती, इच्छुमती, धोबीखोला तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । साथै पानी सडक किनार र बस्तीमा पस्ने जोखिम रहेकाले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । त्यस्तै, काठमाण्डाैकै जितपुर आसपासका क्षेत्रमा पनि बाढीको जोखिम छ । आज देशका पहाडी केही ठाउँ तथा बाँकी थोरै ठाउँमा ...

आज पनि ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाण्डौ – गएराति देशका केही ठाउँमा ठूलो वर्षा भएको छ । काठमाण्डौसहित वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको मौसमविद्ले बताएका छन् । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ भने केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । बिहान हल्का मात्रै वर्षा भए पनि दिउँसो हल्कादेखि मध्यम वर्षा हुने र राति वाग्मती प्रदेश, गण्डकी प्रदेश  र लुम्बिनी प्रदेशका  थोरै र प्रदेश ...

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाण्डाै – आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय नै रहेकाले आज दिउँसोसम्म नै धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने अनुमान छ । यस्तै, राति पनि वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । आज बेलुकादेखि भने पानी पर्ने क्रम बिस्तारै कम हुँदै जाने अनुम...

पूर्वी क्षेत्रमा ठूलो वर्षा, केही ठाउँमा डुबानको जोखिम

काठमाण्डाै - देशका धेरै ठाउँमा पानी परिरहेको छ । पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी परेको छ । पूर्वी क्षेत्रमा मनसुनी न्यून चापीय रेखा सरदर ठाउँको आसपासमा नै रहेकाले त्यस क्षेत्रमा ठूलो वर्षा भइरहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । पछिल्लो ३/४ घण्टादेखि झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै ठाउँमा ठूलो वर्षा भएको छ । यी क्षेत्रमा थप ठूलो पानी पर्न सक्ने अनुमान गरिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । यी जिल्ला भइ बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने अनुमान गरिएको ...

डडेल्धुरामा पछिल्लो तीन घण्टा ठूलो वर्षा

डडेल्धुरा - डडेल्धुराका गैबडे र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टा ठूलो वर्षा भएकाले बाढी पहिरोको जोखिम बढेको छ ।  बाढी पूर्वानुमान महाशाखाले यो क्षेत्र भएर बहने साना नदीहरुमा आकस्मिक बहाव र भिरालो जमिनमा पहिरो जान सक्ने हुँदा दिउँसोसम्म नै सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद्ले आज देशका धेरै ठाउँमा दिनभरि नै पानी पर्ने सम्भावना रहेको बताएका छन्  । यस्तै केही ठाउँमा ठूलो वर्षा हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।