डडेल्धुरामा पछिल्लो तीन घण्टा ठूलो वर्षा

डडेल्धुरा - डडेल्धुराका गैबडे र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टा ठूलो वर्षा भएकाले बाढी पहिरोको जोखिम बढेको छ ।  बाढी पूर्वानुमान महाशाखाले यो क्षेत्र भएर बहने साना नदीहरुमा आकस्मिक बहाव र भिरालो जमिनमा पहिरो जान सक्ने हुँदा दिउँसोसम्म नै सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद्ले आज देशका धेरै ठाउँमा दिनभरि नै पानी पर्ने सम्भावना रहेको बताएका छन्  । यस्तै केही ठाउँमा ठूलो वर्षा हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

सम्बन्धित सामग्री

डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु

डडेल्धुरा – डडेल्धुरा गन्यापधुरामा खोलाले बगाउँदा ६२ वर्षीय एक वृद्धाको ज्यान गएको छ। गन्यापधुरा गाउँपालिका–४ को खारीखोला तर्ने क्रममा कुलेडी गाउँकी दुर्गा बोहराको ज्यान गएको हो। खोला तर्ने क्रममा बोहरा बेपत्ता भएकी थिइन्। बिहीबार दिउँसोदेखि गन्यापधुरालगायत डडेल्धुराका विभिन्न स्थानमा ठूलो वर्षा भएको थियो। वर्षाकै कारण खोला उर्लिएर आएको स्थानीयवासी लोकेन्द्र पनेरुले बताए। खोलाले बगाउँदा बेपत्ता […]