पूर्वका केही जिल्लामा ठूलो वर्षा, पहिराेग्रस्त र तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाण्डाै - पूर्वका झापा, इलाम, भोजपुरसहित केही जिल्लामा ठूलो पानी परेको छ । झापाको शनिश्चरे, चन्द्रगढी आसपासमा पछिल्लो तीन घण्टामा ठूलो पानी परेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मेची, विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा बाढीको जोखिम छ । तटीय क्षेत्र तथा डुबान भइरहने होचा क्षेत्रहरुमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । त्यस्तै, निरन्तर पानी परेकाले पहिरोग्रस्त क्षेत्रमा पनि सावधानी अपनाउन भनिएको छ । केही ठाउँमा ठूलो पानी परेको भए पनि देशका मुख्य नदीमा आउँदा...

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकमा ठूलो वर्षा : मेलम्चीमा बाढीको चेतावनी

काठमाण्डाै - सिन्धुपाल्चोकमा ठूलो पानी परेको छ । गुम्थाङ, धाप, नकोटेलगायत धेरै ठाउँमा भारी वर्षाकाे मापन भएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो बेलुकाभन्दा १ दशमलव ५ मिटरले बढेको छ । त्यहाँ बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । साथै महाशाखाले मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी तथा कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । पूर्वका झापा, इलाम, भोजपुरसहित केही जिल्लामा पनि ठूलो प...