देशका धेरै ठाउँमा झरी, केही ठाउँमा ठूलो वर्षा : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - गएरातिदेखि नै देशका धेरै ठाउँमा पानी परिरहेको छ । सातै प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको झरी छ भने केही ठाउँमा ठूलो वर्षा भएको छ । वर्षाका कारण सबैभन्दा धेरै असर प्रदेश-१ मा परेको छ । मोरङको गछिया खोलामा आएको बाढीले बगाउँदा सुन्दर हरैँचा-६ का ५८ वर्षका रामबहादुर विकको ज्यान गएको छ मोरङका धेरै ठाउँ डुबानमा परेको छ । यस्तै, झापामा पनि धेरै ठाउँ डुबानमा परेका छन् । लगातारको झरीले बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । प्रहरीले डुबान प्रभावित ठाउँका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँ...