काठमाण्डाै - पूर्वका केही जिल्लामा ठूलो पानी परिरहेको छ । इलाम र झापाको सीमा आसपास केही ठाउँमा पछिल्लो ३ घण्टामा ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
झापाको शनिश्चरे, चन्द्रगढी, केचनालगायतका क्षेत्रमा पानी परेको र मेची विरिङ, निन्दा, अदुवा खोलालगायत साना खोलामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाले तटीय डुबान भइरहने होचा भूभागमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
आज देशभरको मौसम सामान्य बदली रहनेछ । देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको ...