एचआईडिसिएलले हकप्रद निष्काशको लागि तोक्यो बुक क्लोज मिति

काठमाडौं। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडिसिएल)ले हकप्रद प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनीले हकप्रद प्रयोजनका लािग जेठ २८ गते बुक क्लोज गर्ने मिति तय गरेको हो। जेठ २७ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रद शेयर(राइट सेयर)मा आवेदन दिन सक्नेछन्। कम्पनीले प्रति कित्ता एकसय अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ।

सम्बन्धित सामग्री

४० प्रतिशत हकप्रद निष्कासनका लागि अपि पावरले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । अपि पावर कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले असार २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । बुक क्लोजको आधारमा असार २१ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । गत चैत ६ गते हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन पेस गरेको कम्पनीले असार ६ गते बोर्डबाट अनुमति पाएको हो । हकप्रद निष्कासनको मिति भने कम्पनीले हालसम्म तय गरेको छैन ।  हाल कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार छ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्न बोर्डको अनुमति पाएको हो । ४० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब ७८ करोड ६५ लाखभन्दा बढी पुग्नेछ ।  कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

हकप्रद शेयर विक्रीका लागि हिमाल दोलखाले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड (Himal Dolakha Hydropower Company Limited)ले ७५ प्रतिशत हकप्रद शेयर (Rights Share) निष्कासनका लागि बुक क्लोज (Book Close)को मिति तय गरेको छ । कम्पनी (HDHPC)ले हकप्रद शेयर निष्कासनका लागि वैशाख २७ गते एक दिन बुक क्लोज गर्ने भएको हो । बुक क्लोजको आधारमा वैशाख २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् ।  कम्पनीले हाल कायम चुक्ता पूँजी (Paid up Capital)को आधारमा १ बराबर शून्य दशमलव ७५ को अनुपातमा रू. १ अर्ब २० करोड बराबरको १ करोड २० लाख कित्ता हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्ड (Sebon)बाट अनुमति पाइसकेको छ । वैशाख १२ गते बोर्डको अनुमति पाएसँगै कम्पनीले हकप्रद निष्कासन प्रक्रिया अघि बढाएको हो । निष्कासन मिति हालसम्म कम्पनीले तय गरेको छैन ।  कम्पनीले हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६० करोड रहेका आधारमा ७५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर विक्रीपछि कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  कम्पनीले ७५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति माग्दै गत पुस २६ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । निवेदन दिएको छोटो अवधिभित्रै कम्पनीले हकप्रद शेयर निष्कासनका लागि बोर्डको अनुमति पाएको हो ।

७०% हकप्रद शेयर प्रयोजनका लागि नेपाल फाइनान्सले तोक्यो बुक क्लोजको मिति

वैशाख १४, काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले ७० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि वैशाख २१ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ ।  बुक क्लोजको आधारमा वैशाख २० गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद निष्कासनको मिति भने तय गरेको छैन ।   नियामक निकाय नेपाल धितोपत्र बोर्डले चैत ८ गते कम्पनीलाई हकप्रद शेयर निष्कासनको अनुमति दिइसकेको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलले बाँकी तयारी पूरा गरी जतिसक्दो छिटो कम्पनीको हकप्रद शेयर निष्कासनको मिति तय गरिने जानकारी दिएको छ ।  कम्पनीले १ बराबर शून्य दशमलव ७० अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो ।  कम्पनीले रू. १०० अंकित दरको रू. ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।

३०% हकप्रद शेयर प्रयोजनका लागि शिखर इन्स्योरेन्सले तोक्यो बुक क्लोजको मिति

माघ १३, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि माघ २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।  बुक क्लोजको आधारमा माघ २० गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद निष्कासनको मिति भने तय गरेको छैन ।   नियामक निकाय नेपाल धितोपत्र बोर्डले माघ ६ गते कम्पनीलाई हकप्रद शेयर निष्कासनको अनुमति दिइसकेको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले बाँकी तयारी पूरा गरी जतिसक्दो छिटो कम्पनीको हकप्रद शेयर निष्कासनको मिति तय गरिने जानकारी दिएको छ ।  कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७५ करोड ८५ लाख २४ हजारको आधारमा १० बराबर ३ को अनुपातमा हकप्रद शेयर विक्री गर्न लागेको हो । सो अनुपातको आधारमा कम्पनीले रू. ५२ करोड ७५ लाख ५७ हजार २०० बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री गर्नेछ ।  २०६१ साल कात्तिक २६ गतेदेखि निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले दोस्रो पटक हकप्रद शेयर विक्री गर्न लागेको हो । यसअघि २०७६ साल चैतमा पनि कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो ।  सो अवधिमा कायम चुक्तापूँजी रू. १ अर्ब ५ करोड ७३ लाख १० हजारको आधारमा कम्पनीले ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर विक्री गरेको थियो ।  चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म यस कम्पनीले रू. १३ करोड ३६ लाखभन्दा बढी खुद नाफा गरेको छ । सो अवधिमा कम्पनीले रू. १  अर्बभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको थियो भने रू. ४७ करोड २७ लाखभन्दा बढी दाबी भुक्तानी गरेको थियो ।  दोस्रो त्रैमाससम्मको वित्तीय विवरण हालसम्म सार्वजनिक नगरेको कम्पनीको पहिलो त्रैमाससम्म प्रतिशेयर आम्दानी रू. ३० दशमलव ४० र प्रतिशेयर नेटवर्थ रू. २२६ दशमलव ७६ रहेको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ९३६ रहेको छ ।  बुधवार भने कम्पनीको शेयरमूल्य मंगलवारको भन्दा प्रतिकित्ता रू. ३७ दशमलव ८० ले घटेको हो । यस दिन कम्पनीको रू. ७ करोड ८१ लाख ४५ हजार बराबरको ४० हजार ३११ कित्ता शेयर कारोबार भएको छ ।