एचआईडीसीएलले हकप्रद शेयर आवेदकको पैसा फिर्ता गर्ने

कम्पनीले शुक्रबार सूचना जारी गर्दै हकप्रद शेयरमा आवेदन दिएका लगानीकर्ताको रकम फिर्ता गर्ने जनाएको हो ।

सम्बन्धित सामग्री

सिनर्जी पावरको अवितरित हकप्रद शेयर बाँडफाँट, कट अफ मूल्य कति ?

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीले मंसिर ६ गते शेयर बाँडफाँट गरेको हो । कम्पनीले हकप्रद निष्कासन गर्दा विक्री नभएको सर्वसाधारण समूहतर्फको ५ लाख ६३ हजार २ सय ६१ कित्ता शेयर लिलामीमा ल्याएको थियो । उक्त लिलामीको शेयरको कट अफ मूल्य १४२ रुपैयाँ ६० पैसा कायम भएको विक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । १४२ रुपैयाँ ६० पैसाभन्दा माथि कबुल गर्ने सबैले शेयर पाएका छन् भने १४२ रुपैयाँ ६० पैसामा कबुल गर्नेलाई समानुपातिक रूपमा सापेक्षिक भार अनुसार शेयर बाँडफाँट गरिएको छ । लिलामीमा शेयर नपरेका आवेदकलाई कम्पनीले आज मङ्सिर ७ गतेदेखि पैसा फिर्ता गरिने जनाइएको छ । आवेदन फारममा उल्लेख गरिएको खातामा आईपीएसमार्फत रकम ट्रान्सफर गरिने क्यापिटलले उल्लेख गरेको छ । पैसा फिर्ता आए/नआएको यकिन गर्न र नआएको खण्डमा क्यापिटलमा सम्पर्क गर्न पनि क्यापिटलले अनुरोध गरेको छ । कम्पनीले कात्तिक १ देखि १५ गतेसम्म शेयर लिलामीमा ल्याएको थियो ।   कम्पनीले १ कित्ता शेयर बराबर ०.५ कित्ता अर्थात् ५० प्रतिशत अनुपातमा हकप्रद शेयर विक्री गरेको हो । हकप्रदमा विक्री नभएको शेयर कम्पनीले लिलाम गरी बाँडफाँट गरेको हो । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

एचआईडिसीएलको अक्सनमा शेयर नपरेको पैसा फिर्ता आउँन थाल्यो, नआएको भए के गर्ने ?

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ( एचआईडिसीएल) को लिलामीमा शेयर नपरेका आवेदकको पैसा फिर्ता आउँन थालेको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले कार्तिक ७ गते शेयर बाँडफाँड गरि सोहि दिन देखि नै रकम फिर्ता गर्न थालेको हो ।सर्वसाधारण समूहतर्फ २२५ रुपैयाँ कट अफ मूल्य कायम भएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार प्रति कित्ता २२५.१० का दरले बोलपत्र पेश गरेकालाई माग बमोजिम र २२५ का दरले बोलपत्र पेश गरेकाको हकमा समानुपातिक रुपमा बाँडफाँट गरिएको छ ।क्यापिटलले शेयर नपरेको पैसा  आइतबारदेखि बोलपत्रवालाले आफ्नो बोलपत्र फाराममा उल्लेख गरेको बैंक वित्तीय संस्था (NCHL को IPS मा आबद्ध बैंक/वित्तीय संस्था) को खातामा खाता नम्बर हुबह मिलेको हदसम्म रकम रकमान्तर गरिएको जनाएको छ । साथै बोलपत्र फाराममा बैंक खाता उल्लेख नगरेका, Good For Payment चेकको हकमा Payee को नाम नेपालीमा ग्लोबल आइएमई क्यापीटल लि.' वा अंग्रेजीमा 'Global IME Capital Ltd.' लेख्नुपर्नेमा अन्यथा उल्लेख भएका र बैंक खाता रुजु नभएका बोलपत्रवालाहरुको सूची बिक्री प्रवन्धकको वेबसाईटमा राखिएको हुँदा उक्त सूची हेर्न क्यापिटलले अनुरोध गरेको छ । उनीहरुलाई क्यापिटलको ईमल info@gicl.com.np मार्फत तथा बिक्री प्रबन्धकको कार्यालय, नक्साल, काठमाण्डौंमा स्वयं उपस्थित भई बैंक खाता अद्यावधिक गर्न क्यापिटलले अनुरोध गरेको छ । कम्पनीले असोज ७ गतेदेखि असोज १४ गतेसम्म हकप्रदमा अवितरित शेयर लिलाममा ल्याएको हो ।  कम्पनीले साउन ४ गतेदेखि १:१ को अनुपातमा शत प्रतिशत हकप्रद बिक्री खुला गर्दा अवितरित हकप्रद सेयर अहिले लिलाम बढाबढ मार्फत बिक्रि भएको हो। कम्पनीले  संस्थापक तर्फ ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समुहतर्फ ३२ लाख २९ हजार ७२४ कित्ता सेयर गरि कुल ३ करोड ६२ लाख २९ हजार ७ सय २४ कित्ता शेयर लिलाममा ल्याएको हो। सर्बसाधारण तर्फ ४८ सय वटा आवेदन परेको थियो भने संस्थापतर्फ कुनै आवेदन परेको थिएँन।   एचआईडिसीएलले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात १:१ को अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन  गरेको थियो। हकप्रदमा बिक्रि नभएको शेयर लिलाममा आएको हो।