सिंगटी हाइड्रोको शतप्रतिशत हकप्रद शेयर विक्रीमा, पुस १९ सम्म कायम शेयरधनीले मात्र आवेदन दिन सक्ने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्कासन गरेको छ । हाल कायम चुक्तापूँजी १ करोड ४५ लाख रूपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । उक्त हकप्रद शेयर निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस ११ गते स्वीकृति पाएको थियो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्कासनमा आएको हो । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर खरीदका लागि फागुन २२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । यो हकप्रद शेयर निष्कासका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । योग्य लगानीकर्ताले बिक्री प्रबन्धकसँगै कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयबाट आवेदन दिन सक्नेछन् । मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ९० करोड रूपैयाँ कायम हुनेछ ।

सम्बन्धित सामग्री

सिंगटी हाइड्रोको शतप्रतिशत हकप्रद शेयर भर्ने अवधि अब तीन दिन बाँकी

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले फागुन २ गतेदेखि विक्रीमा ल्याएको हकप्रद शेयर खरीद गर्ने अवधि अब तीन दिन मात्र बाँकी छ । कम्पनीले फागुन २२ गतेसम्मका लागि यो हकफ्रद शेयर विक्री खुला गरेको हो ।  कम्पनीले हाल कायम चुक्ता पूँजी १ करोड ४५ लाख रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । उक्त हकप्रद शेयर निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस ११ गते स्वीकृति पाएको थियो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्कासनमा आएको हो । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले पुस २२ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयर निष्कासका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड छ । योग्य लगानीकर्ताले विक्री प्रबन्धकसँगै कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयबाट आवेदन दिन सकिनेछ । मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ कायम हुनेछ ।‍

सिंगटी हाइड्रोको हकप्रद शेयर र तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । तीन कम्पनीको लाभांश र सिंगटी हाइड्रोको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, बोटलर्स नेपाल (तराई) र मन्दाकिनी हाइड्रोपावरले भोलि (पुस २० गते) बुक क्लोज गर्दैछन् भने सिंगटी हाइड्रो इनर्जीले हकप्रद निष्कासनका लागि पुस २२ गते बुक क्लोज गर्दैछ । सोही अनुसार आजसम्म नेप्सेका कारोबार भई कायम शेयरधनीहरूले यी कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न र सिंगटीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले हाल कायम चुक्ता पूँजीको ५ दशलमव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते आफ्नो रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे २९ औं वार्षिक साधारण सभा बोलाएको छ । बोटलर्स नेपाल (तराई)ले पुस २७ गते साधारण सभा सोल्टी होटल, ताहाचल, काठमाडौंमा साधारण सभा बोलाएको छ । सो सभा दिउँसो १२ बजे शुरु हुनेछ । सभाले प्रतिशेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, मन्दाकिनी हाइड्रोपावरले पुस २९ गते फुडल्याण्ड एण्ड ब्याक्वेट बत्तिसपुतली, काठमाडौंमा दशौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ४ दशमलव ७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सिंगटी हाइड्रोले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्दैछ ।

घलेम्दी हाइड्रोको २०० % हकप्रद शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । मङ्सिर १० गतेदेखि विक्रीमा आएको घलेम्दी हाइड्रो कम्पनी लिमिटेडको २०० प्रतिशत हकप्रद शेयर भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस १६ गतेसम्मका लागि यो हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । जसअनुसार कम्पनीले प्रतिशेयर सय रुपैयाँ अंकित मूल्यका १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कात्तिक ३ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा कात्तिक २ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । हकप्रद शेयर निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ छ । २०० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले सांग्रिला उर्जा लिमिटेडले निर्माण गर्न लागेको ६३ मेगावाट क्षमताको छुजुङ्गखोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि हकप्रद शेयर निष्कासन गरेको हो । सूचना हेर्न यहाँ  क्लिक गर्नुहाेस्

घलेम्दी हाइड्रोको २०० प्रतिशत हकप्रद शेयर आजदेखि निष्कासनमा

काठमाडौं । घलेम्दी हाइड्रो कम्पनी लिमिटेडले आजदेखि २०० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । जस अनुसार कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले कात्तिक ३ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा कात्तिक २ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयर पुस १ गतेसम्म विक्रीमा रहनेछ ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । हकप्रद शेयर निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ छ । २०० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले सांग्रिला उर्जा लिमिटेडले निर्माण गर्न लागेको ६३ मेगावाट क्षमताको छुजुङ्गखोला जलविद्युत आयेजनामा लगानी गर्नका लागि हकप्रद शेयर निष्कासन गरेको हो । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

हकप्रद शेयर निष्कासनका लागि स्वीकृति पर्खिँदै ११ कम्पनी

काठमाडौं । पछिल्लो समय सार्वजनिक निष्कासनले निरन्तरता पाइरहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले प्राथमिक बजार खाली नहुने गरी नै सार्वजनिक निष्कासनका लागि अनुमति दिइरहेको हो । सार्वजनिक निष्कासनमा आउने धितोपत्रमध्ये साधारण शेयर नै बढी रहेको छ । बोर्डले धितोपत्रमा विविधीकरणका लागि साधारण शेयरसँगै ऋणपत्र, म्युचुअल फण्डको इकाई र हकप्रद शेयरलाई समेत प्राथमिकताका साथ स्वीकृति दिइरहेको छ । धितोपत्र दोस्रो बजार घटिरहेका कारण यतिबेला सार्वजनिक निष्कासनमा आएका साधारण शेयरबाहेक अन्यमा लगानीकर्ताको आकर्षण कम देखिएको छ । यो अवस्थामा बोर्डमा ११ कम्पनीले हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका छन् ।  नारायणी डेभलपमेन्ट बैंकसमेत ११ कम्पनी यतिबेला हकप्रद शेयर निष्कासनका लागि अनुमति कुरेर बसेको अवस्था छ । २६ करोड २४ लाख ६७ हजार चुक्ता पूँजी रहेको नारायणी डेभलपमेन्ट बैंकले २०७९ भदौ ९ गते नै बोर्डमा निवेदन दिएको थियो । हकप्रदका लागि आवेदन दिएका ११ कम्पनीहरूमध्ये नारायणी डेभलपमेन्ट बैंकले नै सबैभन्दा पहिला आवेदन दिएको हो । अझै पनि कम्पनीको हकप्रद शेयर आवेदन प्रक्रिया जवाफ र समीक्षाअन्तर्गत नै रहेको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३७० रुपैयाँ छ । योबाहेक अन्य सबै कम्पनी जलविद्युत क्षेत्रका छन् । पछिल्लो व्यवस्था अनुसार जलविद्युत कम्पनीहरूलाई आयोजना निर्माणका लागि लिएको कर्जा तिर्नका लागि हकप्रद शेयर जारी गर्न पाउने भएसँगै धेरै कम्पनी यो प्रक्रियामा गएका हुन् । हकप्रद शेयरमा मात्र हैन, साधारण शेयरमा समेत जलविद्युत कम्पनीको नै वर्चश्व रहँदै आएको छ । हकप्रद शेयर निष्कासनका लागि प्रतीक्षामा रहेका जलविद्युत कम्पनीहरूमा बरुण हाइड्रोपावर, आँखु खोला जलविद्युत्, ङादी ग्रुप पावर लिमिटेड, लिवर्टी इनर्जी, रिडी पावर, अरुण भ्याली हाइड्रोपावर, हिमालय उर्जा विकास, सिंगटी हाइड्रो इनर्जी, घलेम्दी हाइड्रो लिमिटेड र छयाङ्दी हाइड्रोपावर लिमिटेड छन् । घलेम्दी हाइड्रोले २०० प्रतिशत र आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद शेयर जारी गर्न बोर्डमा निवेदन दिएका हुन् । त्यस्तै रिडी पावर र लिवर्टी इनर्जीले ५० प्रतिशत र बरुण हाइड्रो, ङादी ग्रुप, छ्याङदी हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी र अरुण भ्याली हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् ।  हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका कम्पनीहरूमध्ये चार कम्पनीहरूको शेयर मूल्य २०० रुपैयाँभन्दा कम रहेको छ । आँखुखोला जलविद्युतको १५० रुपैयाँ, लिवर्टी इनर्जीको १५१ रुपैयाँ १० पैसा, रिडी पावरको १९४ रुपैयाँ र घलेम्दी हाइड्रोको १९५ रुपैयाँ शेयर मूल्य छ ।

हिमाल दोलखा हाइड्रोको हकप्रद शेयर असार २५ गतेसम्म मात्र विक्रीमा रहने

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २२ गतेदेखि विक्रीमा ल्याएको हकप्रद शेयर असार २५ गतेसम्म मात्र विक्रीमा रहने भएको छ । कम्पनीले यसअघि असार १० गतेसम्मका लागि विक्री अवधि तोकेको थियो । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेकाले असार २५ गतेसम्मको अवधि थप गरेको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजी रू. १ अर्ब ६० करोडको आधारमा १ बराबर शून्य दशमलव ७५ अनुपातमा प्रतिशेयर रू. १०० अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर कम्पनीले विक्री खुला गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा वैशाख २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र यो हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बीप्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखामार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टेयर र एपमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।  हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६० करोड छ । ७५ प्रतिशत हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ । कम्पनीले हाल ४ दशमलव ५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनाले २०६७ माघ १ गतेदेखि र माई साना क्यास्केड जलविद्युत आयोजनाले २०७४ चैत २६ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनाको कुल लागत रू. ७२ करोड ५१ लाख ४९ हजार छ भने माईसाना क्यास्केट जलविद्युत आयोजनाको कुल 0लागत रू. १ अर्ब ४२ करोड ४७ लाख ३ हजार छ ।

हिमाल दोलखा हाइड्रोको हकप्रद शेयर खरीदका लागि अवधि थप

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २२ गतेदेखि विक्रीमा ल्याएको हकप्रद शेयरको विक्री अवधि थप गरेको छ । कम्पनीले असार २५ गतेसम्मका लागि विक्री अवधि थप गरेको हो । यसअघि असार १० गतेसम्मका लागि विक्री अवधि तोकिएको थियो । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेपछि कम्पनीले हकप्रद शेयरको विक्री अवधि थप गरेको हो ।  कम्पनीले हाल कायम चुक्ता पूँजी रू. १ अर्ब ६० करोडको आधारमा १ बराबर शून्य दशमलव ७५ अनुपातमा प्रतिशेयर रू. १०० अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर कम्पनीले विक्री खुला गरेको हो । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा वैशाख २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र यो हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।  हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बीप्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै लगानीकर्ताले हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखामार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।  हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६० करोड छ । ७५ प्रतिशत हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ ।  कम्पनीले हाल ४ दशमलव ५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनाले २०६७ माघ १ गतेदेखि र माई साना क्यास्केड जलविद्युत आयोजनाले २०७४ चैत २६ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ ।  माई खोला साना जलविद्युत आयोजनको कुल लागत रू. ७२ करोड ५१ लाख ४९ हजार छ भने माईसाना क्यास्केट जलविद्युत आयोजनाको कुल लागत रू. १ अर्ब ४२ करोड ४७ लाख ३ हजार छ ।    सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

अरुण भ्याली हाइड्रोको हकप्रद शेयरमा आवेदन दिने भोली अन्तिम दिन

काठमाडौं, १५ असार । असार ९ गतेदेखि लिलामीमा ल्याएको अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद शेयरमा भोली (बुधबार) सम्म आवेदन दिन सकिन्छ । कम्पनीले वितरण हुन नसकेका ४ लाख ३५ हजार ८९४ कित्ता हकप्रद शेयर लिलामीमा ल्याएको हो । उक्त हकप्रद खरिद गर्न न्युनतम शेयरमुल्य १ सय रुपैयाँ तोकिएको हुनाले न्युनतम १०० कित्तादेखि सम्पुर्ण […]