१२ लाख बजेट तोकिएको जयबागेश्वरीको आकाशेपुल निर्माण एक वर्षदेखि अलपत्र

भक्तजनको भीड हुने पशुपति क्षेत्रस्थित जयबागेश्वरी मन्दिरअघि काठमाडौँ महानगरपालिकाले निर्माण शुरु गरेको आकाशे पुल एक वर्षदेखि अलपत्र बनेको छ । महानगरपालिका–८ स्थित धेरै मानिसको आवतजावत हुने पशुपति क्षेत्रमा सडक पार गर्न सहज होस् भनी निर्माण शुरु गरिएको आकाशे पुल बिजुलीको तार भूमिगत नहुँदा अलपत्र बनेको वडाध्यक्ष दि...

सम्बन्धित सामग्री

दुई वर्षदेखि खेलमैदान अलपत्र

बागलुङ नगरपालिका–४ ओडारचौरमा नौ वर्ष अघि सुरु निर्माण भएको बहुउद्देश्यी खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षदेखि कुनै पनि निकायबाट बजेट नपर्दा खेलमैदान अलपत्र परेको हो ।

पूर्वाधार निर्माण अलपत्र हुँदा स्थानीयवासीलाई सास्ती

काभ्रेपलाञ्चोक, २५ माघ । पछिल्ला केही वर्षदेखि दुर्गम मानिएका काभ्रेपलाञ्चोकको दक्षिणी (महाभारत पर्वत श्रृङ्खला पारी) क्षेत्रमा पूर्वाधारलगायत विकासमा बजेट विनियोजन गर्न थालियो । बजेट आएपछि प्रक्रियागत ढङ्गबाट विशेषगरी विद्यालय भवन, सडक र पक्की पुलका निर्माण थालिए । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सूचीकृतमध्ये अतिदुर्गम मानिएका काभ्रेपलाञ्चोकको दुई गाउँपालिका महाभारत र खानीखोलामा सुरु गरिएका पूर्वाधार […]

बजेट नहुँदा खानेपानीका योजना अलपत्र

घोराही उपमहानगरपालिका–१९ को पाँचपोखरी गाउँमा खानेपानीको सुविधा पुर्‍याउने उद्देश्यले चार वर्षअघि खानेपानी योजना सुरु भयो । योजनाअन्तर्गत खानेपानी ट्यांकी पनि निर्माण भएको छ तर ट्यांकीसम्म पानी पुग्न सकेको छैन । योजना अलपत्रजस्तै छ । दम्ती खोलाबाट तीन चरणमा लिफ्टिङ गरेर पानी पाँचपोखरीस्थित ट्यांकीसम्म ल्याउनु पर्ने भए पनि बजेट अभावका कारण चार वर्षदेखि खानेपानी योजना पूरा […]

बजेटको अभावले खानेपानीका योजना अलपत्र

सिन्धुली । सिन्धुलीमा बजेटको अभावले खानेपानी योजना अलपत्र भएकाे छ । जसका कारण उपभोक्ताहरु मरमा परेका हुन्। जिल्लाको फिक्कल गाउँपालिका–२ पोखरीमा बागमती प्रदेश सरकारको अनुदानमा सञ्चालित च्युरीखानी–खान्टार–बरम्थुम्की–सुन्नाम लिफ्ट खानेपानी योजना दुई वर्षदेखि अलपत्र परेको हाे । आर्थिक वर्ष २०७७/०७८ मा सुरु भएको योजनाको निर्माण अवधि १ वर्षको मात्र रहेको र उक्त समयमा निर्माण सम्पन्न गर्न बजेट […]

सिद्धबाबाको वैकल्पिक सडक : बजेट सकियो, काम सकिएन

बुटवल – सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडकखण्ड पाँच वर्षदेखि अलपत्र परेको छ । निर्माण कार्य सुरु गरेको पाँच वर्षसम्म यसले गति लिन नसक्दा योजना नै अलपत्र परेको हो । यो सडकका लागि प्रदेश सरकारले सुरुदेखि नै बजेट छुट्याए पनि कामलाई तीव्रता दिन नसक्दा लामो समयसम्म सडक अलपत्र परेको हो । जिल्ला समन्वय […]

२० करोड सकियो, सडक अझै अलपत्र

सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडकखण्ड पाँच वर्षदेखि अलपत्र परेको छ । निर्माण कार्य सुरु गरेको पाँच वर्षसम्म यसले गति लिन नसक्दा योजना नै अलपत्र परेको हो । यो सडकका लागि प्रदेश सरकारले सुरुदेखि नै बजेट छुट्टयाए पनि कामलाई तीव्रता दिन नसक्दा लामो समयसम्म सडक अलपत्र परेको हो ।जिल्ला समन्वय समितिको स्थानीय स्रोत र साधन प्रयोग गरेर ट्रयाक खोलिएको सडकलाई लुम्बिनी प्रदेश सरकारले सिद्धबाबा सडकको वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न करोडौं रकम खर्चिएको छ । २०७५ सालम

बजेट अभावमा पदमार्ग अलपत्र

बागलुङ । बागलुङमा निर्माणाधीन भीमसेन ढुंगा–घुम्टे पदमार्ग बजेट अभावमा अलपत्र परेको छ । पर्यटकीय लेक घुम्टे जोड्ने सो पदमार्गलाई यस वर्ष कतैबाट पनि बजेट परेन । चार वर्षअघि निर्माण थालिएको उक्त पदमार्गको काम गत वर्षको माघयता ठप्प छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको दश लाख बजेटमा अघिल्लो वर्ष ठूलासम्मादेखि गल्लाको घाँटीसम्म एक किमी पदमार्ग बनेको थियो ।    मजदुरले वनमै बास बसेर सो खण्डमा काम गरेका थिए । निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले बजेट नहुँदा वर्ष दिनदेखि पदमार्ग निर्माण रोकिएको बताए । तीन वर्षसम्म बजेट आयो, काम पनि भयो, अहिले पदमार्ग अलपत्र जस्तै छ,’ उनले भने, ‘बजेट ल्याउन कतैबाट पनि पहल भएन, हामीले माग गर्दा कोरोनालाई कारण देखाइयो ।’ गलकोट नगरपालिका–७ मल्म, दरमखोलाछेउको भीमसेनढुंगादेखि घुम्टे जोड्ने झन्डै दश किमीको उक्त पदमार्गलाई दुई खण्डमा बाँडेर निर्माण शुरू गरिएको थियो । पहिलो खण्डले भीमसेन ढुंगादेखि राम्चेढुंगालाई समेट्छ । राम्चेढुंगादेखि तुलसी मैरो हुँदै घुम्टेसम्म दोस्रो खण्ड पर्छ । शुरूको वर्ष भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत दुवै खण्डमा दश/दश लाख बराबरको काम भएको थियो । दोस्रो वर्षदेखि भने तल्लो खण्डमा बजेट आउन रोकियो । शुरूको बजेटबाट त्यस खण्डको आँगाखेतदेखि तल्लो सिरबारेसम्म जम्मा पाँच सय मिटर पदमार्ग बनेको छ । त्यसयता उक्त खण्डका लागि न बजेट आयो न काम नै भयो । माथिल्लो खण्डमा भने त्यसपछि पनि दुई वर्षसम्म काम भएको अध्यक्ष थापाले बताए । उनका अनुसार प्रदेश र संघ सरकारको पर्यटन मन्त्रालयमार्फत हालसम्म आएको रु. तीस लाख बजेटबाट राम्चेढुंगादेखि गल्लाको घाँटीसम्म करिब तीन किमी पदमार्ग बनेको छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले सो पदमार्ग बनेमा घुम्टे, राम्चेढुंगासहित आसपासका गन्तव्यस्थलको प्रवर्द्धन र ग्रामीण पर्यटनको उत्थानमा टेवा पुग्ने बताए । रासस

बजेट अभावले खानेपानी आयोजना अलपत्र

म्याग्दीको रघुगंगा गाउँपालिका– ३ रानीपौवामा बृहत् खानेपानी आयोजना चार वर्षदेखि बजेट अभावले अलपत्र परेको छ ।रानीपौवामा चार वषअघि एक घर एक धारा कार्यक्रमअनुसार खानेपानी आयोजना निर्माण सुरु भएको थियो । बजेट अभावले खानेपानी आयोजना अलपत्र पर्दा रानीपौवाबासीले सहज रुपमा पानी पिउन पाएका छैनन् । दैनिक मुहानमा नपुगेसम्म घर पानी नआउने रानीपौवाका बासिन्दा वीरबहादुर विकले बताए […]

चिस्यान केन्द्र साढे चार वर्षदेखि अलपत्र

पर्वत । पर्वतको मोदी गाउँपालिका वडा नं २ देउपुरमा निर्माणाधीन चिस्सान केन्द्र (कोल्ड स्टोर) साढे चार वर्षदेखि अलपत्र बनेको छ । आर्थिक वर्ष २०७३/७४ सालमा ५ करोड लागतमा निर्माण शुरू भएको कोल्ड स्टोरले पूर्णता पाउन नसकेको हो । ‘अफसिजन’मा फलफूल र तरकारी बजारमा पठाउने गरी कोल्डस्टोर निर्माणको अवधारणा ल्याइएको थियो । स्थानीय खेमबहादुर र बुद्धिकुमारी हमालको जग्गामा निर्माण थालिएको कोल्ड स्टोर एक तला बनेपछि अलपत्र बनेको छ । हमाल दम्पतीका नाममा रहेको जग्गा रकम निकासा आएपछि भुक्तानी गर्ने सहमतिमा कोल्ड स्टोर निर्माण गर्ने सम्झौता भएर एक तला निर्माण गरिए पनि अहिले अपूर्ण संरचना समेत जीर्ण बनेको छ । स्थानीय प्रेमबहादुर हमाल, मानबहादुर पौडेल र मनोजकुमार शर्माको रोहवरमा हमाल दम्पतीको ७ आना १ दाम जग्गा १३ लाख ५० हजार रुपैयाँमा खरिद गर्ने गरी तमसुक लेखिएको थियो । २०७४ वैशाख १७ मा लेखिएको तमसुकमा उक्त जग्गा गंगा तिमिल्सिनाको नाममा सोही वर्षको जेठ १५ भित्र पास गर्ने उल्लेख छ । तर न जग्गा पास भएको छ, न रकम नै दिइएको छ । निर्माण समिति अध्यक्ष गंगा तिमिल्सिनाले  इस्टिमेट अनुसारको बजेट नआएकाले भवन निर्माणलगायत सबै काम अलपत्र परेको बताइन् । उनका अनुसार शुरूको वर्ष ५० लाख विनियोजन गर्ने सम्झौता भएको थियो । तर २४ लाखभन्दा आएन । ‘क्रमिक रूपमा बजेट आउँछ भन्ने थियो । २४ लाख विनियोजन भएपछि काम शुरू गरिहाल्यौं,’ उनले भनिन्, ‘इस्टिमेट अनुसार बजेट नआएपछि काम अघि बढ्न नसकेको हो ।’ देउपुर पर्वतकै सुन्तला पकेट क्षेत्र हो । अहिले ४०–५० रुपैयाँ प्रतिकिलोमा विक्री गर्नुपर्ने सुन्तला चैतसम्म राख्न सके पाँच गुणासम्म बढी मूल्य पाइने आशामा किसान छन् । कोल्डस्टोर निर्माणका लागि स्थानीयले मोदी गाउँपालिका, प्रदेश र केन्द्रसम्मै गुहारेका छन् । तर अहिलेसम्म बजेट निकासा हुने संकेत नपाइएको वडाध्यक्ष विकास तिमिल्सिनाले बताए ।   गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेलले भने कोल्डस्टोर अन्यत्र बनाउने तयारी भएको बताए । २ वर्षअघिको गाउँसभाले कोल्डस्टोर निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर उक्त स्थानमा जग्गा अपुग भएकाले अन्यत्र खोज्ने भनिए पनि काम हुन सकेको छैन । पर्वतका किसानले आलुको बीउ, सुन्तला, मकै, धानलगायत फसल पोखराका कोल्डस्टोरमा भण्डारण गर्न प्रतिक्विन्टल २ हजार रुपैयाँसम्म भाडा तिर्दै आएका छन् । कोल्ड स्टोर निर्माणका लागि राजनीतिक नेतृत्वले चासो दिनुपर्ने किसानहरूको माग छ ।

शीतभण्डार योजना दुई वर्षदेखि अलपत्र

कैलाली।राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गतको कृषि कार्यक्रम कार्यान्वयन एकाइले ७५ प्रतिशत लागत साझेदारीमा निर्माण गर्ने भनिएको शीतभण्डारको काम चालु आर्थिक वर्षमा पनि सञ्चालनमा आउन सकेन।कार्यान्वयन एकाइले गत आर्थिक वर्षदेखि नै शीतभण्डारका लागि बजेट विनियोजन गरेको भएपनि लागत सहभागिताबाट संकलन हुनुपर्ने रकम संकलन भइनसक्दा शीतभण्डारको काम अगाडि बढ्न नसकेको हो।आयोजनाले शीतभण्डारका लागि चालु आवमा चार करोड विनियोजन गरेको थियो।