६ साउन, विराटनगर । प्रदेश १ को नामकरणका लागि सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको बैठक विना निष्कर्ष टुङ्गिएको छ । शुक्रबार नामकरणका लागि छलफल गर्न सभामुख भण्डारीले प्रदेशभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाएका थिए । तीन घण्टा चलेको बैठकले नामको विषयमा सहमति जुटाउन सकेन । सभामुख भण्डारीले नामका विषयमा फेरि छलफल गर्ने गरी बैठक टुङ्गिएको बताए […]