माओवादी स्थायी कमिटीको बैठकले अझै टुंग्याउन सकेन मन्त्रीहरुको नाम

काठमाडौं : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आजको स्थायी कमिटीको बैठकबाट पनि मन्त्रीहरूको टुङ्गो लगाउन सकेन। आज आइतबार बिहान बसेको स्थायी समितिको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउने विषयमा छलफल भए पनि त्यसलाई टुङ्ग्याउन नसकेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।  पेरिसडाँडा पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठक सकिएको छ।…