काठमाडौँ – सत्ता गठबन्धनले मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँट सोमबार पनि टुंग्याउन सकेन। प्रधानमन्त्री निवास बालुवाटारमा पाँच घण्टा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठक यसअघि झैं आ–आफ्नै अडान व्यक्त गरेर सकिएको हो। चुनावमा मिलेर जाने औपचारिक निर्णय गरे पनि सिट बाँडफाँट दलहरुका लागि पेचिलो बनेको छ। सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर […]