राष्ट्रहित र राष्ट्रियताको पक्षमा सधैँ खरो रूपमा उत्रिएर राष्ट्रवादी प्रधानमन्त्रीको छवि बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको शिर उच्च हुनेगरी केही अडान राखेका छन्– एक भारतीय टेलिभिजनसँगको अन्तर्वार्तामा ।
भारतीय टिभी च्यानल जी न्यूजमा सोमवार राति प्रसारित अन्तर्वार्तामा ओलीले नेपालले भारतलाई ठूल्दाइ नमान्ने र त्यस्तो व्यवहार स्वीकार्य नहुने स्पष्ट विचार राखे ।
प्रधानमन्त्री ओलीले दिएको त्यो बहुचर्चित अन्तर्वार्ताको अहिले सर्वत्र प्रशंसा भएको छ । ओलीका आलोचकहरू समेत राष्ट्रियताको पक्षमा उनले राखेका अडान...