नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल दशरथ रंगशालामा शुरू भएको छ । आज नेपाली टोलीका तीन खेलाडी परिवर्तन गरिएको छ । फरवार्ड अञ्जन विष्ट, नवयुग श्रेष्ठ र रक्षक सुमन अर्याललाई पहिलो रोजाइमा छैनन् ।
उनीहरूको ठाउँमा मनिष डाँगी, आशीष लामा र सुजल श्रेष्ठलाई मौका दिइएको छ ।
बिहीवार नेपाल र भारतबीच भएको पहिलो खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।