काठमाण्डाै – नेपाल र केन्याबीच भोलि बिहीवारदेखि सुरु हुने टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेल अन्योलमा परेको छ ।
भिसाको समस्याका कारण नेपाली टोलीका केही खेलाडी केन्या नपुगेका कारण खेल हुने/नहुने अन्योल भएको हो । यसबारेमा केन्या क्रिकेट र नेपाल क्रिकेट सङ्घले आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । तर नेपाल क्रिकेट सङ्घ क्यानले खेल निर्धारित तालिकामै सुरु गराउने प्रयास भइरहेको जनाएको छ ।
कप्तान सन्दीप लामिछानेसहितका ११ जना खेलाडी केन्या पुगिसकेका छन् भने भिसा समस्याका कारण पाँच जना खे...