जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यहरुले स्थानीय तहमा केन्द्रीय सदस्यलाई कुनै भूमिका नदिएको भन्दै आपत्ति जनाएका छन् । स्थानीय तह निर्वाचन निर्देशिकामाथी छलफल गर्ने क्रममा केन्द्रीय सदस्यहरुले आपत्ति जनाएका हुन् । स्थानीय तहको चुनावका लागि जसपाले उम्मेदवार छनौटलगायत निर्वाचनमा पार्टीको सक्रियता लगायतका विषयमा निर्देशिका तयार गरेको छ । सो निर्देशिका आजदेखि सुरु भएको बैठकमा छलफलका लागि प्रस्तुत गरिएको छ । त्यसमाथि आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रमोद साहले पार्ट