मधेसका नागरिकले नागरिकता पाउन नसकेकोप्रति प्रमोद साहको आपत्ति

काठमाडाैं : अंगीकृत नागरिकता पाएका १ लाख ९० हजारभन्दा नागरिकका सन्तानले तराई मधेशमा नागरिकता पाउन नसकेकोमा मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर जसपाका नेता प्रमोद साहले आपत्ति जनाएका छन्। उनीहरुलाई तत्काल नागरिकताको व्यवस्था हुने गरी कानुन निर्माण गर्न सरकारसँग उनले माग गरे। संविधानले सबै नागरिकले नागरिकता पाउनैपर्ने व्यवस्था गरे पनि त्यसअनुसार कानुन बनाउन सरकार गम्भीर नभएको आरोप उनले लगाए। 'संविधानको धारा १० (१) मा कुनै पनि नागरिक गैरनागरिक भएर बस्न हुँदैन भन्ने व्